Nepal Life

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत बना देवी बोहरालाई दियो १० लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 31 17:02
कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत बना देवी बोहरालाई दियो १० लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी

काठमाडौं । कुमारी बैंकको गौमुल शाखाले ‘परिवार सुरक्षा बचत खाता’ अन्तर्गत उपलब्ध बीमा सुविधाअनुसार एक लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

Nepal Life
NIMB

बैंकका अनुसार बना देवी बोहराका श्रीमान्को दुर्घटनामा निधन भएपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा गरिएको थियो। सोही प्रक्रियापछि गौमुल शाखाले लाभग्राही बोहरालाई १० लाख रुपैयाँको बीमा दाबी रकम उपलब्ध गराएको हो।

बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बीमा सुविधा जोडेर सेवा प्रदान गर्दै आएको जनाएको छ। परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाले अप्रत्याशित दुर्घटना वा अन्य जोखिमका कारण प्रभावित परिवारलाई आर्थिक राहत पुग्ने विश्वास बैंकको छ।

बैंकका अनुसार विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता बचत योजनाहरू सञ्चालन गरिएको हो। यस्ता सुविधाले आर्थिक समावेशीकरणलाई थप मजबुत बनाउनुका साथै आवश्यक परेको समयमा ग्राहक तथा उनका परिवारलाई वित्तीय सहयोग उपलब्ध गराउन सहयोग पुग्ने बैंकको भनाइ छ।

हाल कुमारी बैंकले देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटिएम तथा ४० शाखारहित बैंकिङ बिन्दुमार्फत लाखौँ ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाले विभिन्न बचत योजनासँग निःशुल्क वा सहुलियतपूर्ण बीमा सुविधा जोड्ने गरेका छन्। तर यस्ता सुविधाबारे पर्याप्त जानकारी नहुँदा धेरै निक्षेपकर्ता वा उनका परिवार बीमा दाबी गर्नबाट वञ्चित हुने अवस्था देखिन्छ। आवश्यक कागजात र प्रक्रिया पूरा गरेपछि सम्बन्धित बैंकहरूले बचत योजनाअन्तर्गत उपलब्ध बीमा सुविधाबापतको दाबी रकम भुक्तानी गर्ने व्यवस्था रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार