तिब्बती शरणार्थीको ट्राभल डकुमेन्ट प्रकरणमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
- BFIS News
- 2026 Aug 03 14:56
काठमाडौं । तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरिएको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।
प्रहरीका अनुसार करिब १७ वर्षअघि फर्जी कागजातका आधारमा पाँच जना तिब्बती शरणार्थीलाई ट्राभल डकुमेन्ट उपलब्ध गराएको आरोपमा भट्टराईविरुद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो।
मुद्दा दर्ताका क्रममा भट्टराई अदालतमा उपस्थित नभएपछि जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोही पक्राउ पुर्जीका आधारमा सीआईबीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
सीआईबी प्रमुख एआईजी उमा चतुर्वेदीका अनुसार पक्राउ परेका भट्टराईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने तयारी भइरहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)




.jpg)



प्रतिक्रिया