एनएमबि सरल बचत फण्ड–इका इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल
- BFIS News
- 2026 Aug 07 14:38
काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इले आफ्ना इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ।
फण्डको व्यवस्थापन गर्दै आएको एनएमबि क्यापिटलको निर्णयअनुसार गत आर्थिक वर्षको मुनाफाबाट उक्त प्रतिफल वितरण गर्न लागिएको हो।
फण्डले करसहित ५.२५ प्रतिशतका दरले कुल २५ करोड ६८ लाख रुपैयाँ बराबरको नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। यो प्रतिफल २०८३ साल असार मसान्तसम्म कायम ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८ रुपैयाँ ४० पैसा इकाई पुँजीका आधारमा वितरण गरिनेछ।
प्रतिफल प्राप्त गर्न साउन २१ गतेसम्म कायम रहेका इकाईधनी योग्य हुनेछन्। उक्त मितिसम्म कायम इकाईधनीलाई निर्धारित दरअनुसार नगद प्रतिफल वितरण गरिनेछ।
प्रतिफल प्राप्त गर्न इकाईधनीको बैंक खाता तथा व्यक्तिगत विवरण अद्यावधिक भएको हुनुपर्नेछ। फण्डले विवरण अद्यावधिक नभएका इकाईधनीलाई आवश्यक विवरण सच्याउन तथा अद्यावधिक गर्न आग्रह गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)








.jpg)


प्रतिक्रिया