NIMB Header 2
Prabhu Mahalaxmi

कामना सेवा विकास बैंकको १५ प्रतिशत नगद लाभांश प्रस्ताव, अग्राधिकार सेयरमा ९ प्रतिशत

United Ajod
  • BFIS News
  • 2026 Aug 09 07:23
कामना सेवा विकास बैंकको १५ प्रतिशत नगद लाभांश प्रस्ताव, अग्राधिकार सेयरमा ९ प्रतिशत
IME LIFE

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Nepal Life
NIMB

बैंकको साउन २२ गते शुक्रबार बसेको सञ्चालक समितिको ४१९औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्दै लाभांश वितरणको प्रस्ताव गरेको हो।

प्रस्तावअनुसार बैंकको हाल कायम चुक्तापुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार ८१४ रुपैयाँ ९४ पैसामध्ये अग्राधिकार सेयरतर्फ ३५ करोड रुपैयाँमा बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्म आनुपातिक रूपमा ९ प्रतिशतका दरले नगद लाभांश वितरण गरिनेछ। यसबाट अग्राधिकार सेयरधनीका लागि १ करोड ४० लाख ६७ हजार १२३ रुपैयाँ २९ पैसा बराबरको लाभांश प्रस्ताव गरिएको छ।

त्यसैगरी, बैंकको ३ अर्ब ८६ करोड १९ लाख ३० हजार ८१४ रुपैयाँ ९४ पैसा बराबरको साधारण सेयर पूँजीमा १५ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गरिएको छ। यसअनुसार साधारण सेयरधनीलाई ५७ करोड ९२ लाख ८९ हजार ६२२ रुपैयाँ २४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ।

प्रस्तावित लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणलाई अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णयसमेत गरेको छ।

नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण वा लाभांशसम्बन्धी कुनै संशोधन, सुझाव वा निर्देशन प्राप्त भएमा त्यसलाई समावेश गरी प्रस्तावित वित्तीय विवरण तथा लाभांश आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेश गरिने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया