NIMB Header 2
Prabhu Mahalaxmi

नेपाल लाइफको जीवन बीमा कोष १७ प्रतिशतले बढेर २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ नाघ्यो, हरेक सूचकमा सुधार

United Ajod
  • BFIS News
  • 2026 Aug 13 10:41
नेपाल लाइफको जीवन बीमा कोष १७ प्रतिशतले बढेर २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ नाघ्यो, हरेक सूचकमा सुधार
IME LIFE

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंक वित्तीय संस्थाले चरम रुपमा व्याजदर घटाउदा यसको असर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफामा परेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा १५.०२ प्रतिशत घटेको छ।

Nepal Life
NIMB

गत असार मसान्तसम्ममा कम्पनीले ४६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ५४ करोड ७६ लाख रुपैयाँ थियो। आम्दानीका प्रमुख सूचकमा वृद्धि भए पनि खर्च तथा दाबी भुक्तानी बढ्दा कम्पनीको नाफामा दबाब परेको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १२.१४ प्रतिशतले बढेर ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म यस्तो बीमाशुल्क ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ थियो। त्यसैगरी, कम्पनीको कुल आम्दानी ८.८२ प्रतिशतले बढेर ७४ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कुल आम्दानी ६८ अर्ब ३० करोड ८४ लाख रुपैयाँ थियो।

आम्दानीसँगै कम्पनीको खर्चमा पनि वृद्धि भएको छ। गत आर्थिक वर्षमा कुल खर्च ७० अर्ब ७६ करोड ६३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको ६४ अर्ब २६ करोड ३३ लाख रुपैयाँको तुलनामा १०.१२ प्रतिशत बढी हो। यस अवधिमा खुद दाबी भुक्तानीसमेत ९.५२ प्रतिशतले बढेको छ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षा अवधिमा ईपीएस १ रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ९१ पैसामा सीमित भएको छ। कम्पनीको मूल्य आम्दानी अनुपात १५२.७० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७ पैसा कायम भएको छ।

कम्पनीको चुक्ता पूँजी ५ प्रतिशतले बढेर ९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। यस्तै, महाविपत्ती कोष ३.३२ प्रतिशतले बढेर १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ पुगेको छ। जगेडा तथा सञ्चिततर्फ भने रिटेन्ड अर्निङ ७९ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटी १२ करोड ९० लाख रुपैयाँ रहेको छ।

यसैगरी, कम्पनीको जीवन बीमा कोष १७ प्रतिशतले बढेर २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ नाघेको छ। बीमाशुल्क आर्जन र जीवन बीमा कोषमा भएको वृद्धि सकारात्मक रहे पनि खर्च तथा दाबी भुक्तानीमा भएको वृद्धिका कारण कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानीमा भने गिरावट आएको वित्तीय विवरणले देखाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया