सन नेपाल लाइफद्वारा सुदूरपश्चिमका उत्कृष्ट अभिकर्ता सम्मानित
- BFIS News
- 2026 Aug 17 17:04
काठमाडौं, भदौ १ गते । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशअन्तर्गतका उत्कृष्ट Agency Development Manager (ADM) तथा Emerging Sun Club Achievers लाई सम्मान तथा अवार्ड प्रदान गरेको छ।
आइतबार धनगढी, कैलालीस्थित होटल पौवामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशभरिका ADM तथा Emerging Sun Club Achievers को सहभागिता रहेको थियो। कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले सहभागी अतिथि तथा अभिकर्तालाई स्वागत गरेका थिए भने शाखा प्रमुख योगेन्द्र अधिकारीले सहजीकरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले सुदूरपश्चिम प्रदेशमा जीवन बीमा व्यवसाय विस्तारको प्रशस्त सम्भावना रहेको बताए। उनले प्रदेशका ADM तथा अभिकर्ताहरूको क्षमता र सक्रियतालाई सही दिशामा परिचालन गर्न सके उत्कृष्ट व्यावसायिक उपलब्धि हासिल गर्न सकिने उल्लेख गरे।
प्रमुख बजार अधिकृत चौलागाईंले कम्पनीका नीति तथा कार्यक्रमबारे जानकारी दिँदै आगामी दिनमा अभिकर्तालाई थप सेवा–सुविधा तथा प्रोत्साहनमूलक योजना उपलब्ध गराउने बताए। उनले ग्राहक सेवा र बीमा व्यवसाय विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न अभिकर्तालाई आग्रह गरे।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने ADM तथा Emerging Sun Club Achievers लाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। सम्मानले अभिकर्तामा थप उत्साह र उत्कृष्ट कार्यसम्पादनका लागि प्रेरणा मिलेको सहभागीहरूले बताएका छन्।
कम्पनीका अनुसार कार्यक्रमले सुदूरपश्चिम प्रदेशमा जीवन बीमाको पहुँच विस्तार, अभिकर्ता सञ्जाल सुदृढीकरण, नेतृत्व विकास तथा व्यावसायिक क्षमता अभिवृद्धिका लागि सकारात्मक वातावरण निर्माण गरेको छ।
सन नेपाल लाइफले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले बीमाको पहुँच विस्तारसँगै अभिकर्ता सञ्जाल विकास, ग्राहक सेवा र व्यवसाय विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया