नेपाल एसबीआई बैंकको सञ्चालक समिति अध्यक्षमा मुनिश कुमार चन्दना
- BFIS News
- 2026 Aug 18 12:50
काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय स्टेट बैंक (एसबीआई) का प्रतिनिधि मुनिश कुमार चन्दना सर्वसम्मत निर्वाचित भएका छन्। बैंकको ५४८औँ सञ्चालक समिति बैठकले चन्दनालाई अध्यक्षमा निर्वाचित गरेको हो।
अध्यक्षमा निर्वाचित भएपछि चन्दनाले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
चन्दना हाल भारतको मुम्बईस्थित एसबीआईको इन्टरनेसनल बैंकिङ ग्रुप–२ मा चिफ जनरल म्यानेजरका रूपमा कार्यरत छन्। उनले पूर्वी तथा दक्षिण एसिया, सिंगापुर, अस्ट्रेलिया तथा एसबीआईका प्रमुख विदेशी सहायक कम्पनीहरूमा बैंकको सञ्चालनका लागि रणनीतिक नेतृत्व प्रदान गर्दै आएका छन्।
शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित, कार्यकारी निर्देशकहरू रामु पौडेल र दीर्घबहादुर रावल तथा निर्देशक शरणकुमार अधिकारीको उपस्थिति थियो। कार्यक्रममा एसबीआई इन्डियाका डेपुटी म्यानेजिङ डाइरेक्टर किशोर कुमार पोलुडासु पनि सहभागी थिए।
त्यस्तै, नेपाल एसबीआई बैंकका सञ्चालकहरू रितेश सिन्हा, भरत राज वस्ती र अप्सरा उप्रेती, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, डेपुटी प्रमुख कार्यकारी अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पाण्डा, प्रमुख व्यवसाय विकास अधिकृत प्रवीण मुनि बज्राचार्य तथा कम्पनी सचिव खगेन्द्र भट्टलगायत बैंकका उच्च व्यवस्थापन तहका अधिकारीहरूको उपस्थिति थियो।
चन्दनाको नेतृत्वसँगै नेपाल एसबीआई बैंकले एसबीआई समूहको अन्तर्राष्ट्रिय बैंकिङ अनुभव र रणनीतिक क्षमतालाई नेपालमा थप प्रभावकारी रूपमा उपयोग गर्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया