NIMB Header 2
Prabhu Mahalaxmi

स्वस्तिक लघुवित्तले बोलायो सातौँ वार्षिक साधारणसभा

United Ajod
  • BFIS News
  • 2026 Aug 20 14:55
स्वस्तिक लघुवित्तले बोलायो सातौँ वार्षिक साधारणसभा
IME LIFE

काठमाडौं, भदौ ४ गते । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

 

Nepal Life
NIMB

संस्थाको सञ्चालक समितिको बैठकले भदौ २७ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा सिरहाको लहानस्थित विशाल होटलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले संस्थाको पुँजी वृद्धि गर्ने उद्देश्यले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका लागि नियमनकारी निकायबाट प्राप्त राय, सुझाव तथा निर्देशनअनुसार आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ।

यस्तै, हाल कायम चुक्ता पुँजीको १ः२ अनुपात अर्थात् २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा त्यससम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ।

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक महिलासहित दुई जना सञ्चालकको निर्वाचन गर्नेछ। साथै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

सभा प्रयोजनका लागि संस्थाले भदौ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले भदौ १० गतेसम्म कायम शेयरधनीले मात्रै साधारणसभामा सहभागी हुन पाउनेछन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया