Nepal Life

विश्व अर्थतन्त्रको नेपालमा प्रभाव

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Sat 22:44
विश्व अर्थतन्त्रको नेपालमा प्रभाव
Sanima Reliance

१. विषय प्रवेश
केही अपवादलाई छोड्ने हो भने विश्वव्यापी भू– मण्डलीकरणबाट संसारका कुनै पनि मुलुक अछुता छैनन् । संसारका प्रायः सबै देशहरु कुनै न कुनै माध्यमबाट विश्व–अर्थतन्त्रसँग जो डिएका छन् । नेपालले पनि खुला अर्थनीति अवलम्वन गरेकोछ र विश्वसँग जो डिएकोछ । जसले गर्दा विश्व–अर्थतन्त्रमा आउने साना–ठूला सबै उतारचढाव तथा परिवर्तनहरुले कहिले सकारात्मक रुपमा त कहिले नकारात्मक रुपमा नेपालकोअर्थतन्त्रलाई पनि असर गरिरहेकै हुन्छन् । अन्तर्राष्ट्रियरुपमा आर्थिक सम्बन्धहरु बढ्दै गएकालेविश्व–अर्थतन्त्रमा आउने परिवर्तनहरुले नेपालकोअर्थतन्त्रमा विभिन्न ढङ्गले प्रभावित हुने गरेको  छ । यसै सन्दर्भमा यसलेखले विश्व–अर्थतन्त्रको पछिल्लो अवस्था र यसले नेपालमा पारेको प्रभाव विश्लेषण गर्ने को सिस गरेकोछ । 

NIMB


२. विश्व–अर्थतन्त्रको स्थिति
समयक्रममा विश्व–अर्थतन्त्रमा विभिन्न परिवर्तनहरु  देखा पर्दछन् । परिवर्तन निरन्तर चलिरहने प्रक्रिया पनि  हो । पछिल्लो पटक को भिड–१९ महामारीले विश्व आक्रान्त  बन्यो । यसको रोकथाम तथा नियन्त्रणका लागि विश्वका  सबै देशहरुले विभिन्न प्रतिबन्धात्मक गतिविधिहरु, जस्तै–  बन्दाबन्दी तथा निषे धाज्ञा लगाए । को भिड–१९ विरुद्धको  खो पकोविकाससँगै को भिड–१९ महामारीकोअसर कम  हुँदै गर्दा विश्व–अर्थतन्त्र पुनरुत्थानतर्फ गइर हेकोथियो । 
यसक्रममा पेट्रोलियम पदार्थकोमूल्यमा निकैउच्च वृद्धि  भयो । को भिड–१९ कोरोकथाम तथा नियन्त्रणका लागि लगाइएको प्रतिबन्धात्मक गतिविधिका कार ण विश्व– अर्थतन्त्रकोआपूर्ति प्रणाली निकैसमयसम्म प्रभावित  बन्न पुग्यो । प्रतिबन्धहरु हट्दै गएपछि विश्व–अर्थतन्त्र  चलायमान भयो । जसले गर्दा वस्तुको माग ह्वात्तै बढ्यो । 
बढ्दो मागअनुसार वस्तुको आपूर्ति भने बढ्न सकेन ।  वस्तु तथा से वा उत्पादकहरुलाई उत्पादन बढाउनुपर्ने दबाब पर्यो ।उत्पादन बढाउन खो ज्दा उत्पादनका  साधनहरुकोसीमितताले कच्चा पदार्थकोमूल्य बढ्यो ।  खासगरी पेट्रोलियम पदार्थ, ऊर्जा, डन्डीजस्ता वस् तुहरुको  आपूर्तिमा भएको अवरोधले समग्रमा आपूर्ति–प्रणालीमा  असर पर्न गयो । जसले गर्दा उच्च मूल्यवृद्धिको अवस् था  विश्व–अर्थतन्त्रमा देखापर्यो । यसैबीच २०२२ फेब्रुअरीमा  रसिया र युक्रेनबीच युद्ध भयो । खासगरी यी दुई  देशबीचकोयुद्धले ऊर्जा र खाद्यान्न सङ्कटकोअवस्था सिर्जना गर्यो । कोभिड–१९ महामारीदेखि नै सुरु भएको मूल्यवृद्धिलाई यस युद्धले थप बढायो । मूल्यवृद्धि नियन्त्रण  गर्न विश्वका धेरै देशहरुले कसिलो मौद्रिक नीति ल्याए । नीतिगत ब्याजदरहरु बढाउँदै लगे । नीतिगत दर बढ्दै गएपछि कर्जाका ब्याजदरहरु बढ्दै गएका छन् । ब्याजदर  बढ्दै जाँदा उत्पादनकोलागत थप बढ्यो । 
यसैबीच अन्तर्राष्ट्रिय मुद्राको ष, विश्व बैंक, एसियाली  विकास बैंकलगायतका संस्थाहरुले विश्व–अर्थतन्त्रमा मन्दी  आउने चेतावनी दिइरहेका छन् । विकसित मुलुकहरुले मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदरबढाइरहेकालेयसले आर्थिक मन्दी आउने उनीहरुले बताइरहेका छन् । 
मूल्यवृद्धिलाई नियन्त्रण गर्न ब्याजदर मा गरिएको वृद्धिले विश्वव्यापीरुपमा आर्थिक वृद्धिदर घट्ने बताइएको छ ।  सन २०२१ कोतुलनामा सन् २०२२ मा झन्नैआधाभन्दा  बढीले आर्थिक वृद्धिदर घट्ने उनीहरुकोप्रक्षे पण रहेको  छ, जुन २०२३ सम्म कायम रहने आँकलन रहेकोछ । 
जसले गर्दा एकातिरआर्थिक वृद्धिदर घट्ने, अर्को तिर मुद्रास्फीति बढ्ने र बेरोजगारीकोसमस् या देखिने भएकाले स्ट्यागफेलसनकोस्थिति आउने विश्वभरका अर्थशास्त्री तथा अन्तर्राष्ट्रिय संस्थाहरुले बताइरहेका छन् । सन् १९७०  कोदशकमा विश्वले यस्तै प्रकारकोस्ट्यागफेलसनको अवस्था भो गेकोथियो । त्यसबेला पनि भियतनाम युद्ध र 

पेट्रोलियम पदार्थकोमूल्य बढेकोथियो । अहिलेकोउच्च मूल्यवृद्धि देखिनुको कारण कोभिड–१९ कालमा विश्वका विकसित देशहरुले आर्थिक पुनरुत्थान गर्न र जनतालाई सहयोग गर्न अत्यधिक राहत वितरण गर्दा मुद्राप्रदाय (मनी सप्लाई) बढ्यो ।

मुद्राप्रदाय बढेसँगै मानिसहरुकोक्रयशक्ति पनि बढ्यो क्रयशक्ति बढ्दा विस्तारै माग बढ्न गयो । माग त  बढ्यो तर त्यसनुसार आपूर्ति बढ्न सकेन । किनभने को भिड–१९ कार ण विकसित देशमा धेरै मानिसहरुको मृत्यु भयो । को भिड–१९ कै कार ण धेरै श्रमिकहरुले काम छोडेकोर केही काममा अझै फर्किएका छैनन् ।

यसले आपूर्ति कम हुने र माग बढ्ने परिस्थिति सृजना  भएकाले मुद्रास्फीति बढ्न गयो । मुद्रास्फीति नियन्त्रण गर्न खासगरी अमेरिकीकोकेन्द्रीय बैंक फेडरल रिजर्भ  स्टिम (फे ड) ले लामो समयपछि मौद्रिक नीतिमार्फत नीतिगत दर (फडरल फन्ड रेट) निरन्तर रुपमा बढाउँदै गइरहेकोछ । जसले गर्दा अन्य देशका मुद्रा अवमूल्यन  भइरहेका छन् । नेपाललाई प्रत्यक्ष प्रभाव पार्ने भारतीय  मुद्रा पनि अवमूल्यन भइरहेकोछ । भारतीय मुद्रासँग नेपालकोस्थिर विनिमयदरकायम रहेकालेनेपाली मुद्रा पनि अमेरिकी डलरसँग अवमूल्यन भएको छ । मुद्रा– अवमूल्यनको असर अन्य उदीयमान देशहरुमा पनि समानान्तर रुपमा परिरहेकोछ । सामान्यता अमेरिकाले ब्याजदरबढाएपछि विश्वभरको पुँजी अमेरिकातर्फ पलायन हुने गर्दछ । जसले अन्य देशहरुमा पुँजी कम हुने र पुँजी कम हुँदा ती देशहरुकोमुद्रा अवमूल्यन हुने प्रवृत्ति रहन्छ ।

३. विश्व–अर्थतन्त्रको असर प्रसारित हुने माध्यमहरू विश्व–अर्थतन्त्रमा आएकोपरिवर्तन प्रसारित हुने विभिन्न माध्यमहरु छन् । पहिलो माध्यम भनेकोवस्तु  तथा सेवा व्यापारहो । वस्तु तथा से वाकोव्यापारअर्थात्  आयात–निर्यातमार्फत विश्व–अर्थतन्त्रकोअसर भित्रिने गर्दछ । दोस्रो मूल्यमा आउने परिवर्तनका कार ण विश्व– अर्थतन्त्रकोअसर भित्रिनेगर्दछ । आयातमार्फत बाह्य मूल्य नेपाल प्रवेश गर्दछ । जस्तै नेपालजस्तो साना  अर्थतन्त्र भएका मुलुकहरुले पेट्रोलियम पदार्थकोमूल्यको उतारचढावमा कुनै पनि भूमिका खेल्न सक्दैनन् । विश्वमा जुन ढङ्गबाट पेट्रोलियम पदार्थको मूल्य निर्धारण हुन्छ  त्यसलाई नेपालजस्तो मुलुकहरुले स्वीकार गर्नुकोविकल्प  हुँदैन । त्यस्तै अन्य विभिन्न वस्तुहरु फलाम, सुन, चाँदी, तामा र खाद्यान्नसम्मका वस्तुहरुको मूल्य विश्वबजारबाट निर्धारण हुन्छ । यस् ता वस्तुको मूल्यमा पनि नेपालले हस्तक्षेप गर्न सक्दैन । यसरी मूल्यबाट पनि विश्व– अर्थतन्त्रकोअसर नेपाल लगायतका मुलुकहरुमा प्रसारित

हुन्छ ।

तेस्रो माध्यम भनेकोरेमिट्यान्स हो । विदेशी मुद्राकोसञ्चिति बढाउने मुख्य स्रोत भएकाले नेपालमा रेमिट्यान्सको महङ्खव बढी छ । विश्व–अर्थतन्त्रमा आउने उतारचढावले रेमिट्यान्स आप्रवाहमा पनि असर गर्छ ।

विश्व–अर्थतन्त्र राम्रो भएको र श्रमिककोमाग बढेको  अवस्थामा रेमिट्यान्स बढ्छ । श्रमिककोमाग बढ्ने र तलब तथा ज्याला बढ्ने अवस्था भएमा रेमिट्यान्स बढ्नेसम्भावना रहन्छ । यसको विपरीत अवस् था रहेमा रेमिट्यान्स घट्न सक्छ । नेपाली कामदारजानेदेशहरुमा  आर्थिक मन्दी आएमा नेपाली श्रमिककोमाग कम हुन सक्छ ।

विनिमयदर विश्व–अर्थतन्त्रको असर प्रसारण गर्ने चौथो माध्यम हो । विनिमयदरमा उतारचढाव आउँदा विनिमयदरमार्फत विश्व–अर्थतन्त्रको असर स्थानीय  अर्थतन्त्रमा पर्छ । विनिमयदर निर्धारण नेपालजस्तोमुलुककोनियन्त्रणमा रहँदैन । हामीले भारतीय मुद्रासँग स्थिर विनिमयदरप्रणाली अवलम्बन गरेका छौं । भारतीय मुद्रासँगको अरु परिवत्र्य मुद्राहरुसँगको विनिमयदरमा जुन ढङ्गले परिवर्तन हुन्छ नेपाली रुपैयाँ पनि त्यही

ढङ्गले मुद्राहरुसँग परिवर्तित हुन्छ । हाम्रो अर्थतन्त्रको  अवस्थाको आधारमा भन्दा पनि भारतीय मुद्राकोआधारमा  नेपाली मुद्राकोअवमूल्यन तथा अधिमूल्यन हुने गर्दछ ।

नेपाली मुद्रा अवमूल्यन हुँदा नेपालमा आयात महँगो हुन्छ भने निर्यात सस्तो हुन्छ । मुद्राकोअधिमूल्यन हुँदा वस्तु आयात सस्तो हुन्छ भने निर्यात महँगो हुन्छ । नेपालको  निर्यातकोक्षमता कमजो र छ । जसले गर्दा नेपाली मुद्रा विदेशी मुद्रासँग अवमूल्यन हुँदा बाह्यबजारमा नेपाल वस्तुको माग तथा बजार बढ्नेसम्भावना कम छ । यद्यपि नेपाली मुद्रा अवमूल्यन हुँदा विदेशी पर्यटकहरुलाई नेपाल आउन सस्तो पर्छ । डलर सटही गर्दा नेपाली मुद्रा धेरै आउने र खर्च गर्न सस्तो पर्न जान्छ । अर्को तर्फ विदेशी विनिमयले अवमूल्यनले वैदेशिक ऋण, प्रत्यक्ष विदेशी  लगानी र रेमिट्यान्स आप्रवाहमा समेत असर गर्छ ।

नेपाली मुद्रा अवमूल्यन हुँदै गर्दा रेमिट्यान्स भने बढी  प्राप्त हुन सक्छ । पाचौ वित्तीय प्रवाह हो । वैदेशिक अनुदान, प्रत्यक्ष वैदेशिक लगानी र वैदेशिक ऋण पनि विश्व–अर्थतन्त्रबाटै प्राप्त हुने हुँदा यसले पनि नेपालजस्तो अर्थतन्त्रमा महङ्खव राख्ने गर्दछ । जस्तै– प्रत्यक्ष वैदेशिक लगानी बढी आउँदा लगानी र विदेशी मुद्राकोसञ्चिति बढ्ने गर्दछ । विश्व–अर्थतन्त्र तथा नेपालका विकास साझेदार मुलुककोअर्थतन्त्र राम्रो भयो र उनीहरुकोआम्दानी बढ्दा नेपालजस्ता मुलुकमा आउने वैदेशिक सहायता तथा अनुदानमा वृद्धि हुन्छ । तर विकास साझेदार मुलुकहरुको अर्थतन्त्रमा समस्या भयो वा अर्थतन्त्र कमजो र भयो भने वैदेशिक ऋण तथा अनुदानमा कमी आउँछ ।

विश्व–अर्थतन्त्रको असर बहुपक्षीय साझेदारहरु जस्तै– विश्व बैंक, एसियाली विकास बैंकले उपलब्ध गराउने ऋण तथा अनुदानमा पनि पर्दछ । किनकि उनीहरुले पनि विश्व–अर्थतन्त्रबाटै स्रोत तथा साधन सङ्कलन गरेर लगानीको अवसर भएका मुलुकहरुमा लगानी गरिरहेका हुन्छन् । विश्व–अर्थतन्त्र राम्रो हुनसकेन भने उनीहरुलाई स्रोत तथा साधन सङ्कलन गर्न कठिन हुने भएकाले नेपालजस्तो मुलुकले पाउने सहायता घट्छ । नेपालका बैंक तथा वित्तीय संस्था वा फर्महरुलेविदेशबाट कमर्सल ऋण लिन सक्छन् । यसबाट पनि मुलुकमा साधन परिचालन हुनसक्छ । यसलाई पनि विश्व–अर्थतन्त्रले असर गर्छ । विश्व–अर्थतन्त्र राम्रो भएमा ऋण प्रवाह गर्ने र अवस्था खराब भएमा ऋण प्रवाह नगर्ने अवस् था रहन्छ ।

४. नेपाली अर्थतन्त्रमा असर

विश्व–अर्थतन्त्रमा आएकोपछिल्लो परिवर्तनको असर नेपालमा मुख्यगरी तीनतिर बाट परिरहेकोछ । चीन र भारतकोबीचमा घेरिएको र भूपरिवेष्ठित राष्ट्र भएको हुँदा हामीलाई छिमेकी मुलुकहरुबाट बढी असर पर्छ ।  नेपालकोवैदेशिक व्यापार कोनिर्भरता भारतसँग दुई तिहाइ  रहेकालेविश्व–अर्थतन्त्रको प्रभाव भारतबाट बढी आउँछ ।

सुरुमा भारतीय अर्थतन्त्र प्रभावित हुन्छ र त्यसकोअसर नेपाली अर्थतन्त्रमा पर्छ । दोस्रो चीनकोअर्थतन्त्रलाई विश्व–अर्थतन्त्रले प्रभावित पारि रहेको हुँदा त्यसकोअसर पनि नेपालमा आउँछ । पछिल्लो समय चीनसँग नेपालको

व्यापारसाँघुरिएको छ । तेस्रो, विश्व–अर्थतन्त्रको सीधा असर पनि नेपालमा पर्छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, सुन, चाँदी, फलाम, तामालगायतका वस्तुहरुको मूल्यमार्फत सीधा असर आउने गर्दछ । यसबाहेक विश्वर राजनीतिले पनि नेपाललाई असर गर्दछ । कुन देशलाई सहयोग गर्ने, कुन देशबाट ऋण तथा अनुदान ल्याउने लगायतका पक्षहरुमा विश्वराजनीतिले नेपाली अर्थतन्त्रमा असर पार्ने गरेकोछ । विश्वमा उपलब्ध प्रविधिमार्फत पनि नेपालको अर्थतन्त्र प्रभावित हुन सक्छ । हामीले माग गर्ने प्रविधि माग,  प्रविधिको वर्तमान प्रयोगकोअवस् था र प्रविधिमा रहेकोपछ्यौटेपनका कार ण पनिविश्व–अर्थतन्त्रको प्रभाव  परिरहेकै छ । विभिन्न सफ्टवेयर हरु निर्माणगरी निर्यात  गर्नसक्ने हो भने पनि विश्व–अर्थतन्त्रबाट नेपालले फाइदा लिन सक्ने देखिन्छ ।

नेपालमा पेट्रोलियम पदार्थकोउपभो ग बर्सेनि बढ्दै गएको छ तर यो पूर्ण रुपमा आयातित हो । यसको मूल्य विश्वबजारमा परिवर्तन भइरहेको हुन्छ जसको असर हामीले उपयोग गर्ने पेट्रोलियम पदार्थमा पनि पर्दछ ।

विश्वबजारमा यसको मूल्य बढेकोबेला यसले नेपालको समग्र मूल्यस्थितिलाई प्रभाव पार्दछ । हालका महिनाहरुमा यसको मूल्य ८० डलर प्रतिब्यार सालको आसपासमा छ । यो मूल्य प्रि–को भिडभन्दा बढी नै हो । थप बढ्नेसम्भावना पनि रहेकोछ ।

विश्वका धेरै देशहरुले मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदरबढाएका छन् । जसले विश्व–अर्थतन्त्रमा मन्दी  आउने, मन्दीले मागमा कमी ल्याउने र पेट्रोलियम पदार्थकोमागमा कमी हुने सम्भावनाकोआधारमा अहिले

पेट्रोलियम पदार्थकोमूल्य थप बढेकोछैन । मन्दी कुन डिग्री र कति सशक्तरुपमा विश्व–अर्थतन्त्रमा पर्छ त्यसलेखआगामी दिनमा पेट्रोलियम पदार्थको मूल्य थप घटबढको आधार तय गर्छ । अर्को तर्फ रसिया–युक्रेन युद्धले युरोपमा अहिले त्रासदीपूर्ण वातावरण सिर्जना गरेकोछ । यो कहिले टुङ्गिन्छ भने अझै ठेगान छैन । यसले गर्दा पेट्रोलियम पदार्थकोमूल्य घट्न सकेकोछैन ।

कोभिड सङ्क्रमण घटेपछि नेपाल आउने पर्यटकहरुमा सुधार भइरहेकोछ तर अझै को भिडपूर्वको स्थितिमा पुगेको छैन । रसिया–युक्रेन युद्ध र विश्व–अर्थतन्त्रका देखिएका अनिश्चिताका कारणले पनि पर्यटन  गमन अपेक्षित रुपमा बढ्न सकेकोछैन । यी दुई देशबीचकोयुद्धले पूरै युरोप महादेश नै कष्टपूर्ण र  नावको स्थितिमा छ ।  ग्यास तथा ऊर्जाकोमूल्य बढिरहेकाले युरोपेली अर्थतन्त्र खस्किरहेकोछ । अमेरिकी अर्थतन्त्र केही सुधारको क्रममा रहेपनि अमेरिका पनि युद्धमा कुनै न कुनै रुपमा संलग्न रहेकाले सहजतापूर्ण ढङ्गले बाहिर घुमफिर गर्ने अवस्था नहुँदा पर्यटन क्षे त्र जति मात्रामा बढ्नुपर्ने हो त्यति बढ्न सकेकोछैन । पेट्रोलियम पदार्थकोमूल्य केही सुधार भएपनि हवाइ–इन्धनकोमूल्य उच्च नै रहेकाले हवाइ–भाडा बढी छ । हवाइ–भाडा उच्च हुँदा प्रि–कोभिडमा  झैं पर्यटककोआवगमन नेपालमा अझै बढ्न सकेकोछैन, तर को भिडकोसमयभन्दा सुधारोन्मुख रहेकोछ ।

गत आर्थिक वर्षदेखि हामी बाह्य क्षे त्रकोअसन्तुलनमा छौं । हाल आएर नीतिगत प्रयासहरुले गर्दा विदेशी मुद्राकोसञ्चिति तीव्रदरमा घट्ने क्रममा कमी आई केही सुधार हुन थालेकोछ । चालु आर्थिक वर्षकोतेस्रो महिनादेखि शोधनान्तर बचत हुन सकेकोछ । केही वस्तुहरुमा लगाइएको आयात नियन्त्रण हटाइएको र नेपाली मुद्राकोअमेरिकी डलरसँगको अवमूल्यनले गर्दा आयात महँगो हुने हुँदा बाह्य क्षे त्रकोसुधार दिगोहुनेमा अझै जो खिम रहेकोछ ।

अघिल्लोआर्थिक वर्ष वैदेशिक रोजगारीमा जाने  नेपाली कामदार हरुकोसङ्ख्या बढेकोर चालु आ.व.को ४ महिनासम्म पनि त्यो क्रम जारी रहेकालेनेपालमा विप्रेषण आप्रवाहमा सुधार भएको छ, जसले निरन्तर ता  पाउने अपेक्षा गर्न सकिन्छ । नेपाली मुद्राकोअमेरिकी  डलरसँगको अवमूल्यनलेपनि विप्रेषण आप्रवाह बढाउन सहयोग पुर्याएको छ । तर, पछिल्लो समय आँकलन गरेझैं विश्व–अर्थतन्त्र मन्दीमा गएमा भने रोजगारी सिर्जना कम भई नेपाली कामदार कोमाग कम हुन सक्छ । तापनि मध्यपूर्वका र दक्षिण–पूर्व एसियाका देशहरु आर्थिक मन्दीबाट त्यति धेरै प्रभावित नहुन सक्छन् ।  भुक्तान सन्तुलन घाटामा गई विदेशी विनिमय सञ्चिति  कम हुँदा नेपालकोबैंकिङ्ग प्रणालीमा गत वर्षदेखि तरलता अभाव रहेकोछ यसले गर्दा ब्याजदरहरु बढेका छन् ।

ब्याजदरबढ्दा लगानी र आर्थिक क्रियाकलापहरु प्रभावित भएका छन् । घट्दो विदेशी विनिमय सञ्चितिलाई ध्यानमा राखे र नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु बढाउँदै मौद्रिक नीतिकोअडानलाई कडा बनाएको छ । जसले गर्दा पनि चालु आ.व.को कर्जा प्रवाह कम रहने देखिन्छ ।

बाह्य सन्तुलन कायम गर्न आयात कम गर्ने उपायहरु अवलम्बन गर्दा आयातकोवृद्धिदरमा गत वर्षभन्दा कमी आउँदा सरकार कोराजस्व सङ्कलन घटेकोछ । तर सरकार ी खर्चमा भने कमी आएको छैन । चालु आ.व.को पहिलो ४ महिनामा सरकार ी खर्च २२.१ प्रतिशतले बढ्दा राजस्व सङ्कलन करिब २० प्रतिशतलेघटेको छ । सरकारी ऋणपत्रहरुकोब्याजदर हरु पनि बढेका छन् । जसले गर्दा सरकार लाई ऋणकोब्याज भार बढेकोछ । विदेशी ऋणकोसबालमा नेपाली मुद्राकोअमेरिकी डलरसँग भइरहेकोअवमूल्यनले पनि ऋण भुक्तानीको भार बढाइरहेकोछ । तसर्थ, सरकारी वित्त व्यवस् थापन  चुनौतीपूर्ण बनेकोछ ।

५. उपसंहार

अहिलेकोविश्वव्यापीकरणकोयुगका विश्व–अर्थतन्त्रमा आउने परिवर्तनबाट विश्वका सबैदेशहरु कुनै न कुनै रुपमा प्रभावित हुन पुग्दछन् । यसबाट नेपाल पनि अछुतो छैन । को भिड–१९बाट सङ्क्रमणमुक्त हुँदै विश्वको अर्थतन्त्र पुनरुत्थानतर्फ लाग्दै गर्दा आपूर्तिका आएको व्यवधान, खाद्य तथा गैरखाद्य–वस्तुहरुकोभएको मूल्यवृद्धि, को भिडकोसमयमा अँगालिएका लचक वित्त र मौद्रिक नीतिका कार ण बढेकोमागले गर्दा विश्वव्यापी रुपमा मूल्यवृद्धि भइरहेकोबेला रसिया–युक्रेनकोयुद्धले अझ बढी अनिश्चतता र नकार ात्मक प्रभाव पारेकालेआपूर्ति शृङ्खला थप प्रभावित भई मुद्रास्फीति अझ बढ्न गयो ।

बढ्दो मुद्रास्फीतिलाई रोक्न अधिकांश केन्द्रीय बैंकहरुले कडा मौद्रिक नीतिहरु अँगालेका छन् । अमेरिकाको फेडरल रिजर्भले फेडरल फन्ड रेट बढाएकाले अमेरिकी डलर बलियो भई अन्य देशका मुद्राहरु अवमूल्यन भएका छन् । नेपाल पनि विश्व–अर्थतन्त्रसँग जो डिएकोहुनाले विश्व–अर्थतन्त्रको प्रभाव नेपाली अर्थतन्त्रमा पनि पर्दछ ।

को भिडकोसमयका लचक नीति, त्यतिबेला विप्रेषण आप्रवाह राम्रो रहेकोर आर्थिक गतिविधिहरु सुस्त रहेकालेअर्थतन्त्रमा तरलता बढेर ब्याजदर हरु कम रहे ।

कम ब्याजदर मा उपलब्ध कर्जा खासगरी शेयरबजार, घरजग्गा कार ोबार र आयातमा प्रवाहित हुँदा आयात बढ्न गयो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र नेपाली मुद्राकोअवमूल्यनले पनि आयात उच्चदर ले बढ्न जाँदा भुक्तान सन्तुलन घाटामा गई बैंकिङ्ग प्रणालीमा तरलता र ब्याजदर हरु बढ्न गए ।

तर मौद्रिक नीतिकोकडाइले गर्दा आयातमा कमी, विप्रेषणमा सुधार आउन थालेकालेभुक्तान सन्तुलन सकारात्मक भएको छ । तर सरकार कोराजस्व घटेको र आर्थिक गतिविधिहरु गर्न पर्याप्त कर्जा उपलब्ध हुन अझै सकेकोछैन । कर्जाकोब्याजदरउच्च भएका गुनासाहरु बढेका छन् । यो अवस्थामा सुधार आउन अझै केही समय लाग्ने देखिन्छ । आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन नगर्दासम्म बाह्य अर्थतन्त्रमा आउने प्रभावले नेपाल अर्थतन्त्रलाई बढी नकारात्मक प्रभाव पार्दछ । साथै बाह्य अर्थतन्त्रमा आउने उतार–चढावबाट नेपाली अर्थतन्त्रलाई कसरी सन्तुलनमा राख्ने भन्ने सन्दर्भमा सरकार , उद्यो ग व्यवसायीलगायत सबैसरोकार वालाहरुले रणनीतिक ढङ्गले सोच्नु र लाग्नु  जरुरी छ । वास्तवमा आर्थिक मुद्दाहरुलाई प्राथमिकतामा  राखी देशमा उपलब्ध स्रोत र साधनकोसमुचित प्रयोग गरी उत्पादनमुखी अर्थतन्त्र निर्माण आजकोज्वलन्त आवश्यकता हो ।

(लेखक नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्।)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया