NIMB Header 2
Prabhu Mahalaxmi

निर्जीवन बीमकले गरे ३० अर्ब ५८ करोड रुपैयाँ दाबी भुक्तानी

United Ajod
  • BFIS News
  • 2026 Aug 21 15:55
निर्जीवन बीमकले गरे ३० अर्ब ५८ करोड रुपैयाँ दाबी भुक्तानी
IME LIFE

काठमाडौं, भदौ ५ गते । निर्जीवन बीमकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा ३० अर्ब ५८ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

 

Nepal Life
NIMB

हालै सार्वजनिक वित्तीय विवरणअनुसार १४ वटा निर्जीवन बीमकले उक्त रकम दाबी भुक्तानी गरेका हुन्। अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूले २५ अर्ब २४ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा दाबी भुक्तानी २१ दशमलव १६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा ९ वटा कम्पनीको दाबी भुक्तानी बढेको छ भने ५ वटा कम्पनीको घटेको छ। रकमका आधारमा सर्वाधिक दाबी भुक्तानी गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ भने वृद्धिदरका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स अगाडि रहेको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षमा ४ अर्ब ९६ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको ३ अर्ब ६२ करोड ५१ लाख रुपैयाँको तुलनामा कम्पनीको दाबी भुक्तानी ३६ दशमलव ९२ प्रतिशतले बढेको हो।

त्यस्तै, शिखर इन्स्योरेन्सले ३ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको ३ अर्ब २ करोड ७९ लाख रुपैयाँको तुलनामा यो ३१ दशमलव ३० प्रतिशतले बढी हो।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ५२ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको २ अर्ब ७६ करोड ४० लाख रुपैयाँको तुलनामा कम्पनीको दाबी भुक्तानी २७ दशमलव ५३ प्रतिशतले बढेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको दाबी भुक्तानी ८ दशमलव ९४ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको ६ दशमलव ६१ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको ३ दशमलव ९५ प्रतिशत, प्रभु इन्स्योरेन्सको १० दशमलव ०३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ७ दशमलव ७५ प्रतिशतले घटेको छ।

वृद्धिदरका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स अगाडि रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको १ अर्ब १६ करोड ३६ लाख रुपैयाँको तुलनामा यो ५४ दशमलव ४४ प्रतिशतले बढी हो।

सबैभन्दा कम दाबी भुक्तानी गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ३० करोड १० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया