NIMB Header 2
Prabhu Mahalaxmi

सुपर मादी हाइड्रोपावरको १५ प्रतिशत बोनस शेयर घोषणा

United Ajod
  • BFIS News
  • 2026 Aug 25 11:50
सुपर मादी हाइड्रोपावरको १५ प्रतिशत बोनस शेयर घोषणा
IME LIFE

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

 

Nepal Life
NIMB

कम्पनीको भदौ ८ गते अपराह्न ५ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गर्दै १७औं वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो।

कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ रहेको छ। सो चुक्ता पूँजीको १५ प्रतिशतका दरले ३४ करोड ७२ लाख ७८ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ। यसअनुसार शेयरधनीले ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस शेयर पाउनेछन्।

त्यस्तै, लाभांश कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.७८९४७ प्रतिशतका दरले १ करोड ८२ लाख ७८ हजार २८९ रुपैयाँ ४७ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

बोनस शेयर र नगद लाभांशसहित कम्पनीले कुल ३६ करोड ५५ लाख ६५ हजार ७८९ रुपैयाँ ४७ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश कम्पनीको १७औं वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ। साधारण सभाबाट स्वीकृत भएपछि योग्य शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिनेछ भने नगद लाभांशसमेत सम्बन्धित शेयरधनीलाई वितरण गरिनेछ।

कम्पनीले प्रस्तावित लाभांशसम्बन्धी जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, विद्युत नियमन आयोग, कम्पनी रजिष्ट्रारको कार्यालय तथा सानिमा क्यापिटल लिमिटेडलाई गराएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया