मुक्तिनाथ विकास बैंकले ल्यायो नाडा अटो सो २०२६ लक्षित गर्दै ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन योजना
- BFIS News
- 2026 Aug 25 20:03
काठमाडौं, भदौ ९ । मुक्तिनाथ विकास बैंक लिमिटेडले NADA Auto Show २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार उक्त योजनाअन्तर्गत ग्राहकले Base Rate + ० प्रतिशत को विशेष ब्याजदरमा अटो लोन लिन सक्नेछन्। NADA Auto Show २०२६ को अवसरलाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना २०८३ भदौ मसान्तसम्म लागू हुने बैंकले जनाएको छ। उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ।
ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ। यसबाट ग्राहकलाई आफूले रोजेको सवारीसाधन खरिदका लागि छिटो र सहज रूपमा कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकको भनाइ छ।
बैंकले यो अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ। NADA Auto Show २०२६ मा सहभागी हुने तथा नयाँ सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले उक्त विशेष योजनाबाट लाभ लिन सक्नेछन्।
बैंकले योजनामार्फत नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज, सरल र छिटो कर्जा सुविधा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया