नाडा अटो शो २०२६ मा सिद्धार्थ बैंकको ५.९६ प्रतिशत ब्याजदरको विशेष कर्जा योजना
- BFIS News
- 2026 Aug 25 20:29
काठमाडौं, भदौ ९। नाडा अटो शो २०२६ को अवसरमा सिद्धार्थ बैंक लिमिटेडले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकलाई ५.९६ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ। उक्त कर्जामा ०.५ प्रतिशत सेवा शुल्क (प्रोसेसिङ शुल्क) लाग्ने बैंकले जनाएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरिरहेको नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म (२५ देखि ३० अगस्ट २०२६) काठमाडौंमा सञ्चालन भइरहेको छ। बैंकका अनुसार एक्स्पो अवधिमा बुकिङ गरिएका सवारी साधनमा यो विशेष कर्जा योजना लागू हुनेछ।
सवारी साधन खरिद गर्न इच्छुक ग्राहकले एक्स्पोमा सहभागी भएर बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नेछन्। प्रतिस्पर्धी ब्याजदर र सेवा शुल्कमा उपलब्ध हुने कर्जाले ग्राहकलाई आफ्नो आवश्यकता र क्षमताअनुसार सवारी साधन खरिद गर्न सहज हुने बैंकको अपेक्षा छ।
यस योजनासम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया