NIMB Header 2
Prabhu Mahalaxmi

नेपाल वित्तीय संस्था संघद्वारा नवनियुक्त डेपुटी गभर्नर रावललाई बधाई

United Ajod
  • BFIS News
  • 2026 Aug 26 05:11
नेपाल वित्तीय संस्था संघद्वारा नवनियुक्त डेपुटी गभर्नर रावललाई बधाई
IME LIFE

काठमाडौं । नेपाल वित्तीय संस्था संघ (एनएफआईए) ले नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलसँग भेटवार्ता गरेको छ। भेटका क्रममा संघले डेपुटी गभर्नर रावललाई नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना व्यक्त गरेको छ।

Nepal Life
NIMB

भेटले वित्तीय क्षेत्रका समसामयिक विषय तथा आगामी सहकार्यका बारेमा छलफल गर्ने अवसर प्रदान गरेको संघले जनाएको छ।

संघका अनुसार डेपुटी गभर्नर रावलको वित्तीय स्थायित्व सुनिश्चित गर्ने, वित्तीय क्षेत्रमा नवीनता प्रवर्द्धन गर्ने तथा दिगो विकास हासिल गर्ने दृष्टिकोण र प्रतिबद्धताप्रति संघ सकारात्मक रहेको छ।

रावलको नेतृत्वमा नेपालको वित्तीय प्रणालीलाई थप सुदृढ, नवीन र दिगो बनाउन निरन्तर सहकार्य र संलग्नता कायम राख्ने एनएफआईएले जनाएको छ।

नेपालको वित्तीय पारिस्थितिक प्रणालीको विकास तथा वित्तीय क्षेत्रको उन्नतिका लागि नवनियुक्त डेपुटी गभर्नरको नेतृत्वमा प्रभावकारी सहकार्य हुने अपेक्षा संघले गरेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया