रसुवाको टिमुरेमा आएको बाढीपछि एनएमबि बैंकका चार कर्मचारी सम्पर्कविहीन
- BFIS News
- 2026 Aug 27 12:32
काठमाडौं । रसुवा जिल्लाको टिमुरे आसपासमा आएको भीषण बाढीपछि एनएमबि बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत चार कर्मचारी सम्पर्कविहीन भएका छन्।
बैंकका अनुसार २०८३ भदौ १० गते बिहान करिब ८ः४५ बजे टिमुरे आसपासमा आएको विशाल बाढीपछि शाखामा कार्यरत कर्मचारीहरूसँग हालसम्म सम्पर्क हुन सकेको छैन।
सम्पर्कविहीन हुनेमा धर्मराज रिमाल, नवीन गौतम, सुभाष रावल र अर्जुन पण्डित रहेका छन्। उनीहरू सबै एनएमबि बैंकको टिमुरे शाखामा कार्यरत कर्मचारी हुन्।
बैंकले सम्पर्कविहीन कर्मचारीमध्ये कसैलाई देखेमा, भेटेमा वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा तत्काल बैंकलाई जानकारी गराइदिन आग्रह गरेको छ।
एनएमबि बैंकले कर्मचारीहरूको अवस्थाबारे जानकारी प्राप्त गर्न ९८४९३८०८१८, ९८१८५००२१६ वा ०१–५९७०१५० मा सम्पर्क गर्न अनुरोध गरेको छ।
रसुवाको टिमुरे क्षेत्रमा आएको बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)
.gif)
.gif)











प्रतिक्रिया