NIMB Header 2
Prabhu Mahalaxmi

रसुवाको बाढीपछि सानिमा बैंकका दुई कर्मचारी सम्पर्कविहीन

United Ajod
  • BFIS News
  • 2026 Aug 27 17:50
रसुवाको बाढीपछि सानिमा बैंकका दुई कर्मचारी सम्पर्कविहीन
IME LIFE

काठमाडौँ । रसुवाको टिमुरे आसपासमा आएको भीषण बाढीपछि सानिमा बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत दुई कर्मचारी सम्पर्कविहीन भएका छन्।

Nepal Life
NIMB

बैंकका अनुसार २०८३ भदौ १० गते बिहान करिब ८ः४५ बजे टिमुरे आसपासमा आएको विशाल बाढीपछि शाखामा कार्यरत सुभद्रा न्यौपाने र बुढा साङ घले हालसम्म सम्पर्कमा आएका छैनन्।

बाढीका कारण उनीहरूको अवस्था अज्ञात रहेकाले बैंकले दुवै कर्मचारीको खोजी तथा अवस्थाबारे जानकारी संकलनका लागि सार्वजनिक रूपमा अनुरोध गरेको छ। बैंकले उनीहरूलाई कसैले देखेको, भेटेको वा अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तत्काल जानकारी गराउन आग्रह गरेको छ।

बैंकले सम्बन्धित व्यक्तिसँग जानकारी भएमा ९८०१५७४१११ वा ०१–५५७०१३३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

रसुवाको टिमुरे क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन कर्मचारीहरूको अवस्थाबारे पनि खोजी भइरहेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया