NIMB Header 2
Prabhu Mahalaxmi

स्वतन्त्र ऊर्जा उत्पादकहरूले बाढीपीडितका लागि ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

United Ajod
  • BFIS News
  • 2026 Aug 27 20:15
स्वतन्त्र ऊर्जा उत्पादकहरूले बाढीपीडितका लागि ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने
IME LIFE

काठमाडौं, ११ भदौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिक तथा विद्युत आयोजनाका लागि सहयोग गर्ने निर्णय गरेको छ। 

Nepal Life
NIMB

इप्पानको २०८३ भदौ ११ गते बसेको २०६औँ आकस्मिक बैठक तथा सल्लाहकारसहितको संयुक्त बैठकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँलगायत जिल्लामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ। बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

भदौ १० गते आएको बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन विभिन्न विद्युत आयोजनामा पुगेको क्षतिप्रति इप्पानले दुःख व्यक्त गरेको छ। बाढीमा परी ज्यान गुमाएका विद्युत आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको इप्पानले जनाएको छ।

बाढीबाट प्रभावित विद्युत आयोजनाको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि नेपाल सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ। यसैक्रममा इप्पान तथा इप्पान सम्बद्ध जलविद्युत कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको छ।

इप्पान अध्यक्ष मोहनकुमार डाँगीका अनुसार उपयुक्त समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा सहयोग रकमको चेक हस्तान्तरण गरिनेछ।

“ऊर्जा क्षेत्र नेपालको समृद्धिसँग मात्र होइन, नेपाली जनताको सुख–दुःखसँग पनि जोडिएको क्षेत्र हो। विपद्को समयमा सम्पूर्ण सदस्य कम्पनी एकजुट हुँदा पीडित परिवारको जीवनमा ठूलो राहत र आशाको सञ्चार गर्न सक्छ,” डाँगीले बैठकपछि भने।

उनले मानवीय अभियानमा इप्पानका सम्पूर्ण सदस्य कम्पनीलाई सक्रिय र उदार सहयोगका लागि आग्रह गरेका छन्।

इप्पानले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतसँगै क्षतिग्रस्त ऊर्जा संरचनाको पुनर्निर्माण र पुनर्स्थापनालाई पनि प्राथमिकतामा राख्ने जनाएको छ। यसबाट तत्कालीन मानवीय राहत र दीर्घकालीन ऊर्जा पूर्वाधार पुनःस्थापनाबीच समन्वय गर्ने संस्थाको प्रतिबद्धता देखिएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया