NIMB Header 2
Nepal Life

नेपाल नटेकेकी विदेशी नागरिक टासीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न अपिल

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Aug 31 11:08
नेपाल नटेकेकी विदेशी नागरिक टासीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न अपिल
United Ajod

काठमाडौँ । नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित भएकाहरूका लागि अन्तर्राष्ट्रिय नागरिकस्तरबाट पनि सहयोगको आह्वान हुन थालेको छ ।

Nepal Life
NIMB

यसै क्रममा अमेरिकाको भर्जिनिया मूल भई हाल ग्रिसको एथेन्समा बस्दै आएकी टासी इकोनोमोपोलोस (Tassy Economopoulos) ले 'प्रधानमन्त्री दैवी प्रकोप राहत कोष' को लिङ्क सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै नेपालका बाढीपीडितहरूलाई सहयोग गर्न अपिल गरेकी छन् ।

वासिङ्टनस्थित 'इन्टरनेसनल भिजिटर लियाजन' (International Visitor Liaison) का रूपमा कार्यरत टासीले आफ्नो फेसबुक प्रोफाइलमार्फत नेपाल सरकारको आधिकारिक 'प्रधानमन्त्री दैवी प्रकोप राहत कोष' को लिङ्क सेयर गर्दै राहत सहयोग जुटाउन आग्रह गरेकी हुन् ।

फेसबुकमा लिङ्क सेयर गर्दै उनले लेखेकी छन्— "नेपालका बाढीपीडितहरूलाई सहयोग गर्ने उपायहरूबारे धेरै मानिसहरूले सोधपुछ गरिरहनुभएको छ । यो राहत कोष पूर्ण रूपमा आधिकारिक छ र म यसमा सहयोग गर्न सिफारिस गर्दछु ।"

आइभिएलपी कार्यक्रम मार्फत विभिन्न देशबाट अमेरीका पुगेका विदेशी भिजिटरहरुलाई लियाजनका रुपमा काम गर्ने क्रममा टासीले नेपालीहरुसंगपनि भेट्ने अवसर प्राप्त गरेको भन्दै नेपाल र नेपाली प्रति आफ्नो प्रेम सदैव रहिरहेको बताइन ।

उनले नेपालमा पुन यस्तो प्राकृतिक विपत्ती नदोहोरीयोस भन्ने कामना समेत गरेकी छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया