NIMB Header 2
Prabhu Mahalaxmi

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा नक्कली QR र बैंक खाताबाट सचेत रहन राष्ट्र बैंकको आग्रह

United Ajod
  • BFIS News
  • 2026 Aug 31 16:45
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा नक्कली QR र बैंक खाताबाट सचेत रहन राष्ट्र बैंकको आग्रह
IME LIFE

काठमाडौं, १५ भदौ । नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली क्यूआर कोड (QR) तथा नक्कली बैंक खाता विवरण प्रयोग गरी रकम संकलन हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

Nepal Life
NIMB

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै कोषको नाममा अनधिकृत रूपमा रकम संकलन तथा ठगीका घटना हुन सक्ने भएकाले रकम पठाउनुअघि बैंक खाता तथा क्यूआर कोडको विवरण यकिन गर्न आग्रह गरेको हो।

राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएसलगायतका माध्यमबाट रकम स्थानान्तरण गर्दा खाताको नाम ‘Prime Minister Disaster Relief Fund’ रहेको सुनिश्चित गर्नुपर्नेछ। रकम प्रविष्ट गरेपछि पुनः एकपटक विवरण जाँच गरेर मात्र भुक्तानी गर्न पनि राष्ट्र बैंकले भनेको छ।

त्यस्तै, रकम जम्मा गर्न आवश्यक बैंक खाता विवरण आधिकारिक स्रोतबाट मात्र लिन राष्ट्र बैंकले आग्रह गरेको छ। नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयको वेबसाइटमा उल्लेख भएका आधिकारिक बैंक खाता विवरण मात्र प्रयोग गर्न सूचनामार्फत अनुरोध गरिएको छ।

राष्ट्र बैंकले सामाजिक सञ्जाल, इमेल तथा मेसेजिङ एपमार्फत फैलाइएका अनधिकृत क्यूआर कोड स्क्यान नगर्न पनि सचेत गराएको छ। सहयोग रकम पठाउने क्रममा कसैले ओटीपी, पिन, पासवर्डलगायतका संवेदनशील व्यक्तिगत विवरण मागेमा उपलब्ध नगराउन राष्ट्र बैंकले स्पष्ट पारेको छ।

यसका साथै, रकम पठाउँदा आधिकारिक एप्लिकेसनको मात्र प्रयोग गर्न र ठगीमा परेको शंका लागेमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, नेपाल प्रहरीको साइबर ब्युरो वा सम्बन्धित बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा जानकारी गराउन आग्रह गरिएको छ।

राष्ट्र बैंकले प्राकृतिक विपद्का बेला राहतका नाममा हुन सक्ने साइबर तथा वित्तीय ठगीबाट जोगिन रकम पठाउनुअघि प्राप्त विवरणको आधिकारिकता यकिन गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया