NIMB Header 2
Nepal Life

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 08 12:54
रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग
United Ajod

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले रसुवामा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ।

Nepal Life
NIMB

NAIMA ले पूर्वनिर्णयअनुसार उक्त रकम राहत तथा पुनर्स्थापनाका लागि प्रदान गरेको हो। सहयोग रकम NAIMA अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा NAIMA का बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, Cimex Inc. (BYD) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, NAIMA का कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा NAIMA को डिजिटल एजेन्सी Digipal का तर्फबाट उत्सव कार्की सहभागी थिए।

सहयोग हस्तान्तरणपछि NAIMA अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल उद्देश्य विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउनु रहेको उल्लेख गरिन्। उनका अनुसार उक्त सहयोग NAIMA का सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट प्रदान गरिएको हो।

उनले संकट र विपद्का समयमा NAIMA सरकार तथा प्रभावित समुदायसँगै उभिँदै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहकार्यका लागि प्रतिबद्ध रहने स्पष्ट पारिन्।

“यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,” उनले भनिन्।

रसुवामा आएको बाढीका कारण प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न निजी क्षेत्र, संघसंस्था तथा व्यवसायिक प्रतिष्ठानले सहयोग गर्दै आएका छन्। NAIMA को यो सहयोग पनि सोही अभियानअन्तर्गत प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया