NIMB Header 2
Nepal Life

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाले दिए राजीनामा

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 03 11:18
हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाले दिए राजीनामा
United Ajod

काठमाडौं, भदौ १७। हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष उदयकुमार निरौलाले अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका छन्।

Nepal Life
NIMB

कम्पनीको भदौ १० गते सम्पन्न ८९औँ सञ्चालक समितिको बैठकले निरौलाले व्यक्तिगत कारण देखाउँदै अध्यक्ष तथा सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो।

कम्पनीका अनुसार निरौलाले २०८३ साउन २९ गते राजीनामा पेस गरेका थिए। उक्त राजीनामा २०८३ भदौ १० गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको कम्पनी सचिव सन्तोष के.सी.ले जानकारी गराएका छन्।

यससँगै निरौलाको हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति अध्यक्ष तथा सञ्चालकको जिम्मेवारी समाप्त भएको छ। कम्पनीले नियामक निकायलाई राजीनामा स्वीकृत भएको जानकारी गराएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया