NIMB Header 2
Nepal Life

आईसीएफसी फाइनान्सले घोषणा गर्‍यो १०.५२ प्रतिशत नगद लाभांश

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Sep 01 10:51
आईसीएफसी फाइनान्सले घोषणा गर्‍यो १०.५२ प्रतिशत नगद लाभांश
United Ajod

काठमाडौं। आईसीएफसी फाइनान्स लिमिटेड (ICFC) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Nepal Life
NIMB

फाइनान्सको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश रहेको कम्पनीले जनाएको छ।

फाइनान्सले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

आईसीएफसी फाइनान्सको लाभांश इतिहास हेर्दा गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। यस वर्ष प्रस्ताव गरिएको १०.५२६३ प्रतिशत नगद लाभांश भने अघिल्लो वर्षको तुलनामा कम हो।

आर्थिक वर्ष २०८०/८१ मा फाइनान्सले ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा ६.५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिएको थियो।

यसअघि आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७६/७७ मा भने १०.५ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरिएको थियो।

आईसीएफसी फाइनान्सले विगतका वर्षमा बोनस शेयर र नगद लाभांशको मिश्रित नीति अपनाउँदै आएको देखिन्छ। आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो, जुन उपलब्ध विवरणअनुसार पछिल्ला १५ वर्षको सबैभन्दा उच्च लाभांश हो।

यस वर्ष भने कम्पनीले बोनस शेयर नदिई पूर्ण रूपमा नगद लाभांश प्रस्ताव गरेको छ। नेपाल राष्ट्र बैंक र वार्षिक साधारण सभाको स्वीकृतिपछि उक्त लाभांश शेयरधनीको खातामा वितरण गरिनेछ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया