NIMB Header 2
Nepal Life

सुनको मूल्य एकैदिन ८ हजार ८०० रुपैयाँले घट्यो, तीन लाखबाट तल झर्‍यो

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 02 11:33
सुनको मूल्य एकैदिन ८ हजार ८०० रुपैयाँले घट्यो, तीन लाखबाट तल झर्‍यो
United Ajod

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। भदौ १७ गते बुधबार सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले घटेको हो।

Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँ रहेको थियो।

यससँगै सुनको मूल्य एकै दिन ८ हजार ८०० रुपैयाँले घट्दै प्रतितोला ३ लाख रुपैयाँको स्तरबाट तल झरेको छ। पछिल्लो समय उच्च मूल्यमा कारोबार हुँदै आएको सुनको भाउमा बुधबार उल्लेख्य गिरावट देखिएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि बुधबार घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७६५ रुपैयाँ रहेको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँ घटेको हो। यससँगै नेपाली बजारमा लगातार उच्च मूल्यमा रहेको सुन तथा चाँदी दुवैको मूल्यमा एकै दिन उल्लेख्य गिरावट आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया