Nepal Life

बैंकहरुको खराब कर्जा २ गुणाले बढ्यो, कुन बैंकको कति (सूचीसहित)

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Sat 21:02
बैंकहरुको खराब कर्जा २ गुणाले बढ्यो, कुन बैंकको कति (सूचीसहित)
Sanima Reliance

काठमाडौं । बाणिज्य बैंकहरुको खराव कर्जा दुई गुणाले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा बाणिज्य बैंकहरुको औषत खराव कर्जा ३.४ प्रतिशत पुगेको छ । गत वर्षको यहि अवधिमा जम्मा १.६६ प्रतिशत मात्रै थियो । 

NIMB

बाणिज्य बैंकहरु मध्ये सर्वाधिक धेरै खराव कर्जा ५.३३ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले तोकेको सीमाभन्दा माथि खराब कर्जा बढेसँगै कृषि विकास बैंकले व्यवसाय विस्तार, शाखा विस्तार तथा विदेशमा शाखा खोल्न पाउँदैन । त्यसका साथै बैंकमा संस्थागत निक्षेपकर्ताले पनि निक्षेप राख्ने छैनन् । संस्थागत लगानीकर्ताको निक्षेप नआउँदा बैंकको प्रतिस्पर्धात्मक क्षमतामा समेत कमी आउने छ । 

दोस्रो धेरै खराव कर्जा कुमारी बैंकको ४.८९ प्रतिशत पुगेको छ । त्यस्तै तेस्रो धेरै खराव कर्जा नेपाल इन्भेष्टमेन्ट बैंकको ४.८३ प्रतिशत पुगेको छ । लक्ष्मी सनराइज बैंकको ४.६९ प्रतिशत, हिमालयन बैंक ४.६७ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.३८ प्रतिशत, प्रभु बैंकको ३.९७ प्रतिशत, सिटिजन बैंकको ३.९७ प्रतिशत, नेपाल बैंक ३.८४ प्रतिशत, नविल बैंक ३.६९ प्रतिशत रहेको छ । सर्वाधिक कम एभरेष्ट बैंकको ०.९ प्रतिशत रहेको छ । 

खराव कर्जाकै कारण यस त्रैमाशमा बाणिज्य बैंकको मुनाफा तथा वितरण योग्य मुनाफामा भारि गिरावट आएको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरुको खुद नाफा १८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७९/२०८० को पहिलो त्रैमासको तुलनामा चालु आवमा बैंकहरुको वितरणयोग्य नाफा ६१ प्रतिशतले घटेको छ । यता बैंकहरुको औषत खराब कर्जा गत आवको सोही अवधिको तुलनामा करिब तेब्बरले बढेको छ । त्यति मात्र नभई बैंकहरुको खराब कर्जा गत आर्थिक वर्षको तुलनामा चालु आवको पहिलो त्रैमासमा करिब एक प्रतिशत विन्दुले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको औषत खराब कर्जा ३.३९५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा औषत खराब कर्जा १.६७ प्रतिशत थियो । गत आवको सोही त्रैमासको तुलनामा मात्र नभई गत आवको औषत खराब कर्जाभन्दा चालु आवको पहिलो त्रैमासको धेरै छ । गत असारसम्ममा बैंकहरुको औषत खराब कर्जा २.९८ प्रतिशत थियो ।

बैंकहरुको खराब कर्जा बढेसँगै नोक्सानी व्यवस्था बढ्दा नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले १३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.७ प्रतिशतले थोरै हो । गत आवको सोही अवधिमा बैंकहरुको खुद नाफा १६ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।

बैंकहरुको नाफा घटेपछि सेयरधनीलाई लाभाशं वितरण गर्न सक्ने क्षमता पनि कमजोर भएको छ । बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ अर्ब २६ करोड रुपैयाँ वितरण योग्य नाफा गरेका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६१ प्रतिशतले थारै हो । गत आवको पहिलो त्रैमासमा बैंकहरुको वितरण योग्य नाफा ४४ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।

अर्थतन्त्रमा आएको सुस्तताले बैंकहरुको तथ्याङक झनै कजोर बनाउदै लगेको स्पष्ट हुन्छ । अर्थतन्त्रमा देखिएको समस्या आम सर्वसाधारणको जीवनमा पुगैसँगै त्यसको असर बैंकहरुमा देखिएको हो । सर्वसाधारणको आम्दानी प्रभावित भएपछि बैंकहरुको ऋण तिर्न सक्ने अवस्था रहेन । त्यसले गर्दा बैंकहरुको कर्जाको डिफल्ट रेट बढ्न थाल्यो । कर्जाको डिफल्ट बढेसँगै कर्जा नोक्सानी समेत बढाउन प्रयो । त्यसले गर्दा नाफामा असर ग्रयो । नाफा प्रभावित भएसँगै बैंकहरुको वितरण योग्य नाफा घटेको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया