एन आई सी एशियाले संस्थागत अभिकर्ता भएर जारी गरेका बीमालेख अद्यावधिक गर्न ग्राहकलाई गर्यो आग्रह
- BFIS News
- 2026 Sep 14 16:50
काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडले वि.सं. २०६५ देखि २०७६ सालसम्म विभिन्न जीवन बीमा कम्पनीसँगको सहकार्यमा सञ्चालित ‘कर्पोरेट इन्स्योरेन्स एजेन्सी’मार्फत बीमा सेवा लिएका ग्राहकलाई आफ्नो बीमालेख अद्यावधिक तथा नवीकरण गर्न आग्रह गरेको छ।
बैंकले एक सूचना जारी गर्दै उक्त अवधिमा बीमालेख लिएका ग्राहकलाई यथाशीघ्र नजिकको एन आई सी एशिया बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो।
बैंकका अनुसार ग्राहकले बीमा सेवासम्बन्धी थप जानकारीका लागि कार्यालय समयमा ०१–५१११०६० नम्बरमा सम्बन्धित विभागमा सम्पर्क गर्न सक्नेछन्।
बैंकले बीमा सेवाको निरन्तरता तथा आवश्यक प्रक्रिया समयमै पूरा गर्न सम्बन्धित ग्राहकलाई शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया