विश्व विजय पराजुली अर्थमन्त्रीका अवैतनिक मानवीय मामिला सल्लाहकार नियुक्त
- BFIS News
- 2026 Sep 11 15:15
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई ‘मानवीय मामिला’ (Humanitarian Affairs) सल्लाहकारमा नियुक्त गरेका छन्। भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पराजुलीलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको जिम्मेवारी दिइएको हो।
भोटेकोशी क्षेत्रमा आएको बाढीपछि मानवीय राहत, पुनर्स्थापना तथा विपद्सँग सम्बन्धित काममा मन्त्रालयलाई सहयोग पुर्याउने उद्देश्यले पराजुलीलाई छोटो अवधिका लागि सल्लाहकार नियुक्त गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
पराजुलीले संयुक्त राष्ट्रसंघ (यूएन) मा लामो समय काम गरेको अनुभवका आधारमा विपद्पछिको मानवीय राहत तथा पुनर्स्थापनाका क्षेत्रमा मन्त्रालयलाई सहयोग गर्ने अपेक्षा गरिएको छ। विशेषगरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी उनको अनुभव मन्त्रालयका काममा उपयोगी हुने अर्थ मन्त्रालयको विश्वास छ।
अर्थमन्त्री वाग्लेले पराजुलीलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै जिम्मेवारी सफलतापूर्वक पूरा गर्न शुभकामना दिएका छन्। नियुक्ति मंसिर मसान्तसम्म कायम रहनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)


.jpg)


.jpg)


प्रतिक्रिया