NIMB Header 2
Prabhu Mahalaxmi

सुनको मूल्य ३ हजार ८०० रुपैयाँले घट्यो: प्रति तोला २ लाख ९० हजारमा कारोबार, चाँदी पनि सस्तियो

United Ajod
  • BFIS News
  • 2026 Sep 29 11:17
सुनको मूल्य ३ हजार ८०० रुपैयाँले घट्यो: प्रति तोला २ लाख ९० हजारमा कारोबार, चाँदी पनि सस्तियो
IME LIFE

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। असोज १३ गते सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँले घटेको हो।

Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० रुपैयाँ थियो। पछिल्ला दिनमा नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा लगातार गिरावट देखिएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया