सलिको र हिमालयन बुलियनबीच सहकार्य, ग्राहकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा
- BFIS News
- 2026 Oct 01 18:54
काठमाडौं, १५ असोज । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) र हिमालयन बुलियन कम्पनी लिमिटेडबीच ग्राहक तथा सदस्यहरूलाई थप वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्यले दुर्घटना बीमा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार हिमालयन बुलियनको सदस्यता योजनामा आबद्ध योग्य ग्राहकहरूले आफ्नो सदस्यताको स्तरअनुसार SALICO को दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन्। उक्त योजनामा संलग्न हुने Silver Membership का ग्राहकले रु. १ लाखसम्म, Gold Membership का ग्राहकले रु. ५ लाखसम्म र Diamond Membership का ग्राहकले रु. १० लाखसम्मको दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन्।
उक्त बीमा सुविधा आगामी वडादसैंको घटस्थापनादेखि लागू हुने जनाइएको छ। आकस्मिक दुर्घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्दै हिमालयन बुलियनका ग्राहक तथा सदस्यलाई यस प्रकारको सुरक्षा प्रदान गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो।
यस सहकार्यअन्तर्गत उपलब्ध बीमा सुविधामा दुर्घटनाका कारण हुने मृत्यु तथा स्थायी वा अस्थायी अशक्तता र दुर्घटनाजन्य उपचार खर्चसम्बन्धी कभर सदस्यताको योजनामा उल्लेख भएअनुसार उपलब्ध हुनेछ।
ग्राहकलाई सेवा र सुरक्षालाई एकसाथ जोड्ने उद्देश्यले गरिएको यस सहकार्यले हिमालयन बुलियनका सदस्यहरूलाई आफ्नो सदस्यता योजनासँगै अतिरिक्त सुरक्षा सुविधा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।
सलिको ले ग्राहकको बदलिँदो आवश्यकता र जोखिमलाई सम्बोधन गर्दै बीमा पहुँच विस्तार तथा विभिन्न क्षेत्रका संस्थासँगको सहकार्यमार्फत थप प्रभावकारी बीमा सुरक्षा उपलब्ध गराउँदै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)











प्रतिक्रिया