Siddartha Bank
Prabhu Mahalaxmi

हिम पर्वत हाइड्रोपावरको आईपीओ आजदेखि खुला, स्थानीयलाई १६ लाख ९० हजार कित्ता

United Ajod
  • BFIS News
  • 2026 Oct 28 07:24
हिम पर्वत हाइड्रोपावरको आईपीओ आजदेखि खुला, स्थानीयलाई १६ लाख ९० हजार कित्ता
Sanima Reliance Life Insurance Company

काठमाडौं। हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।

Nepal Life
NIMB

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्कासन गरेको हो। दुवै समूहका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर बिक्री खुला गरिएको छ।

कम्पनीको जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँ छ। यसको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। सोही व्यवस्थाअन्तर्गत जारी पुँजीको १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र बाँकी २५ प्रतिशत सेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो।

अति प्रभावित क्षेत्रका स्थानीयलाई ६० प्रतिशत सेयर

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएको १६ लाख ९० हजार कित्ता सेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख १४ हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको छ।

दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिका वडा नम्बर २, ३ र ४ लाई अति प्रभावित क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।

त्यस्तै, उक्त दुई गाउँपालिकाका उल्लेखित वडाबाहेक अन्य वडाका स्थानीय बासिन्दाका लागि ४० प्रतिशत अर्थात् ६ लाख ७६ हजार कित्ता सेयर छुट्याइएको छ। सेयर बाँडफाँटको क्षेत्रगत व्यवस्था कम्पनीको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार गरिएको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख २२ हजार ५०० कित्ता

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको छ। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीले यस निष्कासनमा आवेदन दिन सक्नेछन्।

स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर निष्कासनपछि कम्पनीले बाँकी सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया