Siddartha Bank
Prabhu Mahalaxmi

कामना सेवा विकास बैंकको नाफा १६.९९ प्रतिशतले बढ्यो, ईपीएस २३ रुपैयाँ नाघ्यो

United Ajod
  • BFIS News
  • 2026 Oct 28 10:23
कामना सेवा विकास बैंकको नाफा १६.९९ प्रतिशतले बढ्यो, ईपीएस २३ रुपैयाँ नाघ्यो
Sanima Reliance Life Insurance Company

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १६.९९ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Nepal Life
NIMB

बैंकको खुद ब्याज आम्दानी र खुद शुल्क तथा कमिसन आम्दानीमा भएको वृद्धिसँगै नाफामा सुधार देखिएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.४३ प्रतिशत र खुद शुल्क तथा कमिसन आम्दानी ३०.५८ प्रतिशतले बढेको छ। यद्यपि, बैंकको कुल सञ्चालन आम्दानी भने १.१३ प्रतिशतले घटेको छ। सञ्चालन आम्दानीमा सामान्य गिरावट आए पनि सञ्चालन मुनाफा १९.०२ प्रतिशतले बढेको छ।

नाफामा भएको वृद्धिसँगै बैंकको वितरणयोग्य मुनाफा पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५३ प्रतिशतले बढेको छ। यसले बैंकको लाभांश वितरण गर्न सक्ने क्षमतामा सुधार आएको संकेत गर्छ।

यसैगरी, बैंकको निष्क्रिय कर्जा अनुपातमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४.४१ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३.९३ प्रतिशतमा झरेको छ। निष्क्रिय कर्जामा आएको कमीले कर्जा नोक्सानी व्यवस्थापनबापत छुट्याउनुपर्ने रकमसमेत घटाएको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ११ करोड ६ लाख रुपैयाँबाट घटेर ४ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी २ रुपैयाँ ६७ पैसाले बढेर वार्षिकीकृत आधारमा २३ रुपैयाँ १३ पैसा पुगेको छ। त्यस्तै, वितरणयोग्य प्रतिशेयर आम्दानी १ रुपैयाँ ७५ पैसाले बढेर १५ रुपैयाँ ७६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.५८ गुणा र प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा रहेको छ।

४ अर्ब २१ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३८ करोड ८३ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा ६७ अर्ब ९० करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ३४ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया