सिटिजन्स सुपर ५० म्युचुअल फण्ड मंसिर २ देखि निष्काशन हुने
- BFIS News
- 2026 Oct 28 10:39
काठमाडौं। सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ५० को इकाई मंसिर २ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो।
कुल निष्काशित इकाईमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनलका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
यस योजनाको इकाईमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ। अधिकतम भने १ करोड इकाईका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
मंसिर ७ गतेसम्म आवेदन दिन सकिने
सिटिजन्स सुपर ५० को इकाई निष्काशन छिटोमा मंसिर ७ गते बन्द हुनेछ। उक्त अवधिसम्ममा मागअनुसार आवेदन नपरेमा निष्काशन अवधि मंसिर १६ गतेसम्म लम्बिने क्यापिटलले जनाएको छ।
यो सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने १० वर्षे बन्दमुखी योजना हो। योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। निष्काशन सफल हुन कुल इकाईको न्यूनतम ५० प्रतिशत अर्थात् ५ करोड इकाई बिक्री हुनुपर्नेछ।
उक्त न्यूनतम इकाईका लागि समेत आवेदन नपरेमा योजना खारेज गरिनेछ। त्यस अवस्थामा आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया १५ दिनभित्र सुरु गरिने क्यापिटलले जनाएको छ।
आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने
सिटिजन्स सुपर ५० को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत इकाई खरिदका लागि आवेदन दिन सक्नेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)










प्रतिक्रिया