Siddartha Bank
Prabhu Mahalaxmi

अन्तर्राष्ट्रिय बजारमा सुन घट्दा नेपाली बजारमा बढ्यो, तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ

United Ajod
  • BFIS News
  • 2026 Oct 28 11:13
अन्तर्राष्ट्रिय बजारमा सुन घट्दा नेपाली बजारमा बढ्यो, तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ
Sanima Reliance Life Insurance Company

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटिरहेको भए पनि नेपाली बजारमा भने सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको छ।

Nepal Life
NIMB

मंगलबार प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ९०० रुपैयाँले बढेको हो। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घट्ने क्रम जारी छ। पछिल्लो तथ्याङ्कअनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३६.८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। उक्त अवधिमा सुनको मूल्य प्रतिऔंस २४.५४ डलरले घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा पनि नेपाली बजारमा बढ्नुले मूल्य समायोजनको अवस्थाबारे चासो बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको तुलनामा नेपाली बजारमा मूल्य परिवर्तन कति र कसरी प्रतिबिम्बित भइरहेको छ भन्ने प्रश्नसमेत उठेको छ।

दशैंअघि प्रतितोला २ लाख ९० हजार रुपैयाँसम्म पुगेको सुनको मूल्य दशैं बिदापछि घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको थियो। त्यसयता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहे पनि नेपाली बजारमा पछिल्लो दुई दिनमा मूल्य बढेको छ।

यसैबीच, चाँदीको मूल्यमा भने गिरावट आएको छ। सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावट आगामी दिनमा नेपाली बजारमा कत्तिको प्रतिबिम्बित हुन्छ भन्ने चासो बढेको छ। अन्तर्राष्ट्रिय मूल्यमा हुने उतारचढावसँगै नेपाली बजारमा विनिमय दर, कर तथा अन्य लागतले पनि प्रभाव पार्न सक्ने भएकाले मूल्य परिवर्तनको समग्र अवस्था विश्लेषण गर्नुपर्ने देखिन्छ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया