Siddartha Bank
Prabhu Mahalaxmi

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

United Ajod
  • BFIS News
  • 2026 Oct 28 18:52
एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता
Sanima Reliance Life Insurance Company

काठमाडौं। एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्ने उद्देश्यले भिजा (Visa) सँग ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ (Visa Direct to Account) सेवाका लागि सम्झौता गरेको छ।

Nepal Life
NIMB

सम्झौतापछि एनएमबि बैंकका ग्राहकले विदेशमा रकम पठाउन थप सहज विकल्प प्राप्त गर्नेछन्। भिजाको उक्त प्रविधिमार्फत ग्राहकले रकम स्थानान्तरण प्रक्रियालाई सहज, भरपर्दो र सुरक्षित बनाउन सक्ने बैंकले जनाएको छ।

भिजा डाइरेक्ट टू एकाउन्ट प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा सञ्चालनमा आइसकेको छ। यस प्रविधिसँगको सहकार्यले एनएमबि बैंकको अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवाको दायरा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एनएमबि बैंकले हाल देशभर १२७ शाखा, १७६ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया