Nepal Life

गरिमा विकास बैंक १७ वर्षमा प्रवेश, मर्जरको बाढीमा समेत आफ्नो गरिमालाई कायम गर्दै प्रविधिमैत्री बैंक बन्न सफल

National Life
  • BFIS News
  • 2023 Nov Thu 13:20
गरिमा विकास बैंक १७ वर्षमा प्रवेश, मर्जरको बाढीमा समेत आफ्नो गरिमालाई कायम गर्दै प्रविधिमैत्री बैंक बन्न सफल
RBB

काठमाडौं । गरिमा विकास बैंक आजदेखी १७ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी ऐन अनुसार २०६४ साल श्रावण २२ गते गरिमा विकास बैंक लिमिटेडको स्थापना भएको थियो । २०६४ साल असोज २४ गतेदेखि वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त गरेको बैंकले २०६४ साल कात्तिक १८ गते वालिङ नगरपालिका–३ स्याङ्जाबाट कारोबार सुरु गरेको हो ।

NIMB

वार्षिकोत्सवको असरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकको सफलतामा महत्वपूर्ण भुमिका खेल्ने ग्राहकवर्ग, सेवाग्राही तथा शेयरधनी, बैंकमा कार्यरत सम्पूर्ण कर्मचारी, बैंकलाई सहयोग तथा सुझाव दिने सम्पूर्ण नियमनकारी निकाय तथा विज्ञ व्यक्तिहरुलाई धन्यवाद दिनुका साथै हार्दिक आभार प्रकट गरेका छन् । उनले आगामी दिनमा पनि सबै प्रति निरन्तर सहयोगको अपेक्षा गर्दै प्रविधियुक्त बैंकिङ सेवा प्रदान गर्ने प्रण समेत गरेका छन् ।

कयौ विकास बैंकले मर्जर मार्फत आफ्नो अस्तित्व नै मेटाउदै गर्दा गरिमा विकास बैंकले अन्य बैंक वित्तीय संस्थालाई मर्जर गरेर आफ्नो गरिमा कायम राख्न सफल भएको छ । हालसम्म बैंकले तीन वटा विकास बैंकलाई मर्जर तथा प्राप्त गरिसकेको छ । २०७२ साल असार २९ गते निलगिरी विकास बैंक र शुभेच्छा विकास बैंक  सँग मर्जर गरेर राष्ट्रिय स्तरको विकास बैंक बनेको थियो । पछिल्लो समय सहारा विकास बैंकलाई मर्जर गराएर बैंक थप शक्तिशाली बनेको छ । यस अवधिमा बैंकले तीन पटक हकप्रद शेयर निष्काशन गर्यो । सन् २०१४ मा ५० प्रतिशत, २०१५ मा २५ प्रतिशत र २०१७ मा ७० प्रतिशत हकप्रद शेयर आह्वान गर्दै एक अर्ब १२ करोड उठायो । यस बाहेक अहिलेको ५ अर्ब १८ करोड पूँजी मर्जर र बोनस शेयर मार्फत नै जुटाएको हो ।

बैंकले लाभांश इतिहास

गरिमा विकास बैंकको स्थापना शिक्षण, इन्जिनियरियङ, चिकित्सा, बैंकिङ तथा विभिन्न पेशा–व्यवसायमा संलग्न प्रतिष्ठित व्यक्तिहरूबाट भएको हो । यसमा विविध पहिचान र अनुभवी सदस्यहरूको बाहुल्यता छ । यसर्थ, बैंकले विविधतालाई नै आफ्नो सबल पक्ष मानेको छ ।

गरिमा विकास बैंकका कर्मचारीहरू दक्ष एवं अनुभवी छन् । बैंकले व्यवसाय विस्तार गर्ने क्षमता र व्यक्तिगत अनुभवलाई उतिकै महत्व दिदै आएको छ । बदलिँदो समय, बजार सुहाउँदो र प्रविधिको अधिकतम उपयोग गर्दै काम गरेको बैंकसँग लामो इतिहास छ । यसबाट बैंकले ग्राहकको विश्वास जित्न सफल भइरहेका छ । ग्राहक सेवाप्रतिको अटल प्रतिबद्धता नै बैंकको मार्गनिर्देशक सिद्धान्त भएको छ । बैंकले अत्याधुनिक प्रविधिको माध्यमबाट ग्राहकलाई उच्चस्तरको सेवा प्रदान गर्ने, स्वस्थ र दिगो सेवा प्रदान गर्दै सरोकारवालालाई सन्तुष्ट बनाउने, व्यावसायिक इमान्दारिता, संस्थागत सुशासन र विद्यमान कानुनको पालन गरी पेशागत दृष्टिकोण स्पष्ट पार्ने मार्गनिर्देशक सिद्धान्त बनाएको छ । ग्राहकवर्गलाई सरल, सुलभ र गुणस्तरीय बैकिङ सुविधा प्रदान गर्नका लागि हाल देशैभरि यस बैंकका १२१ शाखा कार्यालय र ४९ एटिएम काउन्टर सञ्चालनमा रहेका छन् ।

यस अवसरमा बैंकप्रति विश्वास गरी बैंकको सफलतामा महत्वपूर्ण भुमिकामा रहेका ग्राहकवर्ग, सेवाग्राही तथा शेयरधनी, बैंकमा कार्यरत सम्पूर्ण कर्मचारी, बैंकलाई सहयोग तथा सुझाव दिने सम्पूर्ण नियमनकारी निकाय तथा विज्ञ व्यक्तिहरु, वित्तीय बजारमा विश्वसनीय तथा प्रभावकारी वातावरण निर्माण गर्न सहयोग गर्ने सञ्चार क्षेत्र तथा सो सँग आवद्ध सम्पूर्ण पत्रकार, मैत्रीपूर्ण प्रतिस्पर्धा गरिरहेका बैंक तथा वित्तीय संस्थाहरु प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ । बैंकले आगामी दिनमा समेत यस्तै प्रकारको सहयोग, सद्भाव तथा सुझावको अपेक्षा गरेको छ ।

वित्तीय सूचकमा अब्बल

बैंक वित्तीय सूचकमा पनि अब्बल बन्दै गइरहेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा २० करोड १५ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्षको यहि अवधिको तुलनामा ४.२५ प्रतिशतले मुनाफा बढाएको हो । गत वर्षको यहि अवधिमा १९ करोड ३३ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.५७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.९६ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १२.२९ प्रतिशत र सञ्चालन मुनाफा ४.३२ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३८ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ ४६ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६३ पैसा बढेर १५ रुपैयाँ ५४ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २३.४९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ७१ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ७३ करोड जम्मा भएको छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप १.८२ प्रतिशत बढेको छ भने कर्जा १.२८ प्रतिशत बढेको छ। समिक्षा अवधिमा बैंकले ७८ अर्ब ३६ करोड निक्षेप संकलन गरी ६३ अर्ब २ करोड कर्जा विस्तार गरेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया