Nepal Life

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले, अर्थशास्त्रीबाट राजनीतिमा एक पछि अर्को खुड्किलो पार गर्दै

National Life
  • BFIS News
  • 2023 Nov Wed 19:18
रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले, अर्थशास्त्रीबाट राजनीतिमा एक पछि अर्को खुड्किलो पार गर्दै
RBB

काठमाडौं । सांसद स्वर्णिम वाग्ले रास्वपाका उपसभापति बनेका छन्। महोत्तरीमा जारी बैठकले उनलाई उपसभापति चुनेकाे हाे। उक्त बैठकले कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएकाे छ । यसैगरी, विराजभक्त श्रेष्ठ संसदीय दलको उपनेता चुनिएका छन्। 

NIMB

पार्टी कोषाध्यक्षमा लिमा अधिकारी सहकोषाध्यक्ष वसुमाया तामाङ् र दीपक बोहरा चयन भएका छन् । यसैगरी, पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् ।

 

सार्वजनिक वित्त, अन्तराष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञ डा.वाग्ले राष्ट्रिय योजना आयोगको सदश्य तथा उपाध्यक्ष हुँदै राष्ट्रिय राजनीतिमा होमिएका थिए । नेपाली कांग्रेसबाट टिकट नपाए पछि राष्ट्रिय स्वतन्त्र पाटीबाट तनहुँ क्षेत्र नम्बर एकका निर्वाचित सांसद हुन् । 

अष्ट्रेलियाको अष्ट्रेलियन नेस्नल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका वाग्लेले अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन् ।

उनले विश्व बैकको मुख्यालय, वासिङटन डीसीमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए ।राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसँग नीति विश्लेषकको रुपमा काम गरेको अनुभव छ । उनको दर्जनभन्दा बढि अर्थशास्त्रसम्बन्धी प्राज्ञिक लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् ।

उनी २०४६ सालको एसएलसीका बोर्ड सेकेण्ड पनि हुन् । उनलाई प्रभावशाली युवा अर्थशास्त्रीको उपमा दिएर अन्तर्राष्ट्रिय मिडियाहरुले लेख्ने गरेका छन् । पछिल्लो समय उनि अर्थ राजनीतिमा उदाएका छन् । उनलाई भावी अर्थमन्त्रीका रुपमा चित्रण गर्ने गरिएको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया