Nepal Life

चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा आज सार्वजनिक हुँदै

NMB Bank
  • BFIS News
  • 2026 Feb 10 13:06
चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा आज सार्वजनिक हुँदै
National Life

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को बजेट कार्यान्वयन अवस्थाबारे अर्धवार्षिक समीक्षा प्रतिवेदन आज सार्वजनिक गर्ने तयारी गरेको छ।

Shikhar
NIMB

अर्थ मन्त्रालयले पत्रकार सम्मेलनमार्फत मध्यावधि मूल्याङ्कन र आगामी कार्यदिशाबारे जानकारी दिने जनाएको छ।

मन्त्रालयका अनुसार दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरी समीक्षा प्रतिवेदन सार्वजनिक गरिनेछ। मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले बजेट कार्यान्वयनको प्रगति, खर्चको अवस्था र आगामी योजनाबारे विवरण प्रस्तुत गरिने जानकारी दिएका छन्।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार प्रत्येक आर्थिक वर्षको बजेट तथा कार्यक्रमको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन माघ मसान्तभित्र सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ। सो प्रतिवेदन सार्वजनिक गर्नुभन्दा कम्तीमा १५ दिनअघि तयारी पूरा गरिसक्नुपर्ने कानुनी प्रावधान पनि रहेको छ।

चालु आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए। पछिल्ला वर्षहरूमा अर्धवार्षिक समीक्षामार्फत प्रारम्भिक बजेट आकार संशोधन गरी घटाउने अभ्यास निरन्तर देखिँदै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया