पूर्व बैंकर अनिल केशरी शाह बने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सदश्य
- BFIS News
- 2023 Nov Wed 19:30
काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सदश्यमा बनेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेलाई पार्टीको उपाध्यक्ष बनाइएको छ ।
महोत्तरीको जलेश्वरमा आज (बुधबार) बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले पार्टीका १४ सांसदलाई केन्द्रीय समितिमा मनोनयनसमेत गरेको छ । पार्टीका ६ सांसद यसअघि नै केन्द्रीय सदस्य थिए ।
पार्टीको विधानअनुसार सात जना प्रदेश सभापति पनि केन्द्रीय सदस्य रहनेछन् । पछिल्लो निर्णयअनुसार पार्टीको केन्द्रीय सदस्यको संख्या ६० पुगेको छ ।
पार्टी महामन्त्री मुकुल ढकालका अनुसार आज केन्द्रीय सचिवालयमा शाहसँगै राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई पनि समेटिएको छ ।
यस्तै रास्वपाले तीनजना सह-प्रवक्ता पनि थपेको छ । जसमा मनीष झा, प्रतिभा रावल र रमेश प्रसाईं छन् ।
बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको छ । पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचाअनुसार पार्टी सञ्चालन गर्ने निर्णय गरिएको पनि ढकालले जनाए । उनले सोहीअनुसार पार्टी सचिवालय गठन गरिएको जानकारी दिए ।
यस्तो छ रास्वपाको सचिवालय :
१. सभापति - रवि लामिछाने
२. उपसभापति - डीपी अर्याल
३. उपसभापति - स्वर्णिम वाग्ले
४. महामन्त्री - मुकुल ढकाल
५. सह-महामन्त्री - कवीन्द्र बुर्लाकोटी
६. सह-महामन्त्री - सुमना श्रेष्ठ
७. सह-महामन्त्री - विपिन आचार्य
८. संसदीय दलको उपनेता - विराजभक्त श्रेष्ठ
९. प्रमुख सचेतक - सन्तोष परियार
१०. कोषाध्यक्ष - लिमा अधिकारी
११. सह-कोषाध्यक्ष - बसुमाया तामाङ
१२. सह-कोषाध्यक्ष - दीपक बोहोरा
केन्द्रीय सदस्य थप :
१. अनिलकेशरी शाह
२. राजन गौतम (चितवन)
३. नन्दन यादव (महोत्तरी)
४. पुकार बम
५. कामिनी चौधरी
अन्य पदाधिकारी :
१. सह-प्रवक्ता - मनीष झा
२. सह-प्रवक्ता - प्रतिभा रावल
३. सह-प्रवक्ता - रमेश प्रसाईं
प्रतिक्रिया