Nepal Life

बारा ट्राफिक कार्यालयले चार महिनामै संकलन गर्यो ८६ लाख २२ हजार जरिवाना

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 04:47
बारा ट्राफिक कार्यालयले चार महिनामै संकलन गर्यो ८६ लाख २२ हजार जरिवाना
Sanima Reliance

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यलाय निजगढ बाराले चालु आर्थिक वर्ष ०८०/०८१ को चार महिनामा विभिन्न सवारीसाधनले नियम उल्लङ्घन गरेको बापत ८६ लाख २२ हजार पाँच सय रुपियाँ राजस्व असुली गरेको छ ।

NIMB

जिल्ला ट्राफिक कार्यालयले चालु आर्थिक वर्षको साउन महिनादेखि कात्तिक मसान्तसम्म ११ हजार एक सय ३५ वटा विभिन्न साना ठुला सवारीसाधनका चालकहरूलाई दण्ड जरिवाना गरेको हो ।

दण्ड जरिवाना हुनेमा सबैभन्दा बढी चार हजार ६ सय ८२ मोटरसाइकल, तीन हजार एक सय ४४ ट्रक, दुई हजार दुई सय ११ कार, जिप, भ्यान, ६२५ ट्र्याक्टर, दुई सय ८३ ट्याम्पो र एक सय ९० बस रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी कार्यालयले जनाएको छ । 

यसैगरी, सोही अवधिमा विभिन्न ४४१ वटा सवारीसाधन दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । त्यसमध्ये २१ जना पुरुष, ६ जना महिला र एक–एक जना बालबालिका छन् । ती दुर्घटनाबाट ४१ जना गम्भीर र पाँच सय १६ जना सामान्य घाइते भएका छन् ।

गत आर्थिक वर्ष ०७९/०८० मा विभिन्न ३९ हजार २३१ वटा सवारीसाधनले नियम उल्लङ्घन गरेको बापत तीन करोड दुई लाख २३ हजार पाँच सय रुपियाँ राजस्व असुली गरेको थियो । यसैगरी, सोही अवधिमा विभिन्न एक हजार ३७३ वटा सवारीसाधन दुर्घटना हुँदा ९८ जनाको मृत्यु भएको थियो । त्यसमध्ये ६७ जना पुरुष, २२ जना महिला र नौ जना बालबालिका थिए । सोही घटनामा ११९ जना गम्भीर र एक हजार ४९१ जना सामान्य घाइते भएका थिए ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया