Nepal Life

आर्थिक सङ्कट समाधान गर्न सरकार लाग्नुपर्छ : अध्यक्ष ओली

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 14:05
आर्थिक सङ्कट समाधान गर्न सरकार लाग्नुपर्छ : अध्यक्ष ओली
Sanima Reliance

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा देखापरेको आर्थिक सङ्कट समाधान गर्न वर्तमान सरकार दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् । 

NIMB

आर्थिक सङ्कटका कारण प्रथम चौमासिकमै सरकारले कर्मचारीलाई तलब भुक्तानी गर्न सकिरहेको छैन, उनले भने, ‘‘कर्मचारीलाई तलब भुक्तानी गर्न नसक्ने सरकारले विकास निर्माण कसरी अगाडि बढाउन सक्छ ? ।’’ आर्थिक सङ्कटका कारण देशमा विकास निर्माण ठप्प भएकाले अर्थतन्त्र सुधार्ने योजना ल्याउन उनले सरकारलाई सुझाव दिए ।   

मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको आठौँ दिन आज बिहीबार बागलुङ बजारमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘‘अहिलेको सरकार आर्थिक रूपले चरम असफलतामा गयो । अर्थतन्त्र सङ्कटमा परेको छ । कर्मचारीलाई तलब भुक्तानी गर्न राष्ट्र ऋण उठाउनु परेको छ ।”

सरकारले राष्ट्रहितको पक्षमा पनि काम गर्न नसकेको उनले बताए । राष्ट्रिय हितका पक्षमा बोल्न नसक्ने सरकारबाट जनताले धेरै आशा गर्न नसक्ने उनले चर्चा गरे । “एमाले नेतृत्वको सरकारका पालामा भएका विकास निर्माणका कामहरू अहिले ठप्प छन् । गरिबी बढेको छ । युवा पलायन भएका छन् । बैङ्क र ऋणीहरूका बिच सम्बन्ध तनावपूर्ण छ । यस्तो अवस्थामा सरकारलाई कसरी हामी सफल भयो भन्न सक्छौँ ?’’ उनले जिज्ञासा राखे । 

नेकपा (एमाले) ले देशको विकास र समृद्धिका लागि चालेका कदमबाट विपिक्षहरु तर्सिएर विरुद्धमा लागेको उनले टिप्पणी गरे । देशको विकास र समृद्धिका लागि एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उनको भनाइ छ ।  

उनले मध्यपहाडी लोकमार्गको परिकल्पना र निर्माणको काम एमाले सरकारका पालामा भएको चर्चा गर्दै लोकमार्गको अवस्था बुझ्न र जनताका समस्या, गुनासोहरू सुन्न समृद्धिका लागि सङ्कल्प यात्रा लिएर जनतासमक्ष आएको उनले बताए । 

‘एमालेले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्छ, देशमा सुशासन ल्याउँछ, विकास र समृद्धि ल्याउँछ । त्यसका लागि देशमा राष्ट्रिय शक्ति निर्माणको आवश्यकता छ’ उनले भने, ‘राष्ट्रिय शक्तिको अगुवाइ एमालेले गर्दछ । देशभक्त, राष्ट्रप्रेमी शक्तिलाई गोलबद्ध गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षा एमालेले गर्छ’ उनले भने । देशलाई समृद्ध र सुखी बनाउन एमालेले मिसन २०८४ सञ्चालन गरेको उनको भनाइ छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया