भायनेटले ल्यायो नवीकरण अफर, वार्षिक सदस्यतामा २ महिना निःशुल्क

  • BFIS News
  • 2023 Jul Sat 05:30
भायनेटले ल्यायो नवीकरण अफर, वार्षिक सदस्यतामा २ महिना निःशुल्क

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना विद्यमान ग्राहकहरुका लागि नवीकरण अफर ल्याएको छ । यस अन्तरगत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन्। यो अफर असार २०८० सम्ममात्र उपलब्ध छ।

नबिकरण अफरले बिषेश गरेर भायानेटको ग्राहक सन्तुष्टि र बिद्यामान ग्राहक प्रतिको उत्तरदायित्व निर्वाहको लागी कम्पनीले चालेको सकारात्मक कदमलाई बुझ्न सकिन्छ । यसरि यस अफर मार्फत विद्यमान ग्राहकहरूले निर्बाध उच्च गतिको इन्टरनेटको मजा लिँदा थप बचत गर्न सक्नेछन् ।
भायानेट देश मै पहिलोपटक फाइबर इन्टरनेट घर(घरमा पुर्याउन सुरुवात गर्ने, पहिलो मल्टिगिग सेवा सुरु गर्ने, विगत २३ बर्ष देखी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रुपमा भरपर्दो सेवा र सकृय ग्राहक सपोर्टको लागि प्रख्यात छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया