Nepal Life

लक्ष्मी र सनराइजले मर्जरको अन्तिम स्वीकृति, असार २८ गते एकिकृत कारोबार

NMB Bank
  • BFIS News
  • 2023 Jul 08 05:42
लक्ष्मी र सनराइजले मर्जरको अन्तिम स्वीकृति, असार २८ गते एकिकृत कारोबार
National Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई समाहित भएर एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ।

मोतिलाल दुगडलाई सञ्चालकबाट हटाएपछि राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई एकीकृत कारोबार थाल्न अन्तिम स्वीकृति दिएको हो। दुवै बैंकले आगामी बिहीबारबाट एकीकृत बैंकिङ कारोबार सुरु गर्ने भएका छन्।

Shikhar
NIMB

दुगडले लक्ष्मी बैंकबाट ३ अर्ब रुपैयाँ कर्जा लिएकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार सञ्चालक बन्न नमिल्ने भन्दै राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थिएन। 

नयाँ बन्ने सञ्चालक समितिमा लक्ष्मी बैंकबाट रमन नेपाल, डा.मनिष थापा र स्वाति रुंगटा छन्। सनराइजबाट बच्चराज तातेड र मालचन्द दुगड हुनेछन्। लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजयविक्रम शाह बन्ने छन्।

२०७९ पुस २५ गते लक्ष्मी र सनराइज बैंकबीच समान हैसियतको सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) हुने गरी मर्जमा जान समझदारी भएको थियो।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया