Nepal Life

हिमालयन रिले प्रिमियममा आइपिओ निष्काशन गर्न अदालतबाट पायो क्लिन चिट, भोलिदेखि निष्काशन हुँदै

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 20:30
हिमालयन रिले प्रिमियममा आइपिओ निष्काशन गर्न अदालतबाट पायो क्लिन चिट, भोलिदेखि निष्काशन हुँदै
Sanima Reliance

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न पाउने भएकाे छ । उच्च अदालत पाटनद्वारा कम्पनीले प्रिमियम रकममा आईपीओ जारी गर्ने विषय विरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

NIMB

योसँगै कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न  बाटो खुलेको छ । न्यायाधीशद्वय जनक पाण्डे र पुरुषोत्तम प्रसाद ढकालको संयुक्त इजलासले यस मुद्दामा अन्तरिम आदेश दिन अस्विकार गरेकाे हाे।

यसअघि मंसिर २२ गते हरिबहादुर केसीले हिमालयन रि-इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न रोक्नुपर्ने भन्दै उच्च अदालतमा रिट दर्ता गरेका थिए । रिटमा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र हिमालय रि-इन्स्योरेन्सलाई विपक्षी बनाइएको थियो । 

कम्पनीले बुधबारदेखि अंकित मूल्य १०० रूपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ जारी गर्न लागेकाे छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया