रासायनिक मलको कारखाना स्थापनाको सम्भाव्यता अध्ययनका लागि जर्मनीको डियाग विच सम्झौता

  • BFIS News
  • 2023 Jul Thu 21:43
रासायनिक मलको कारखाना स्थापनाको सम्भाव्यता अध्ययनका लागि जर्मनीको डियाग विच सम्झौता

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययन (Preparation of Detailed Feasibility Study Report for Establishment of Chemical Fertiliser Plant (Urea) in Nepal) का लागि लगानी बोर्ड नेपाल र DIAG Industries GmbH, Germany बीच आज एक समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ। उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र DIAG Industries GmbH का Managing Director, Mr. Benjamin Becker ले हस्ताक्षर गरेका हुन् ।

 

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार, DIAG Industries GmbH को प्रस्तावका आधारमा लगानी बोर्डको मिति २०७८ चैत्र १७ मा सम्पन्न ५० औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो । साथै प्रस्तावकसँग गरिने समझदारीपत्र (MoU) को मस्यौदा मिति २०७९ चैत ३० मा सम्पन्न लगानी बोर्डको ५३ औँ बैठकबाट स्वीकृत भएको थियो। समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावक DIAG Industries GmbH ले अनुमतिपत्र प्राप्त गरेको २४ महिना भित्र Detailed Feasibility Study Report लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ।

प्रस्तावक DIAG Industries GmbH ले natural gas, electrolysis (with carbon capture storage) अथवा hybrid (उल्लिखित दुबै) प्रविधि मध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ। उल्लिखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि अमेरिकी डलर ७१४ मिलियन लागत लाग्ने प्रारम्भिक अनुमान रहेको छ।

साथै आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक-निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने व्यवस्था उल्लेख रहेको छ।

उक्त समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतले विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वन र दिगो रुपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता जाँचसहितको प्रतिवेदन पेश गर्न प्रस्तावकलाई आग्रह गरे ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया