Nepal Life

सरकारी ऋणपत्रको व्याजदर १०.८८ प्रतिशतबाट ४.३९ प्रतिशतमा झर्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 13:32
सरकारी ऋणपत्रको व्याजदर १०.८८ प्रतिशतबाट ४.३९ प्रतिशतमा झर्यो
Sanima Reliance

काठमाडौं । सरकारले  एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्रको व्याजदर ह्वात्तै घटेको छ । यस्ता ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

NIMB

२०७९ कात्तिकमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.८८ प्रतिशत रहेकोमा २०८० कात्तिकमा ४.३९ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ कात्तिकमा ८.५० प्रतिशत रहेकोमा २०८० कात्तिकमा ३.४७ प्रतिशत रहेको छ ।

२०८० कात्तिकमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.७४ प्रतिशत, विकास बैंकहरुको १२.०० प्रतिशत र वित्त कम्पनीहरुको १३.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको कात्तिकमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.६० प्रतिशत रहेको थियो।

२०८० कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.७६ प्रतिशत, विकास बैंकहरुको ९.११ प्रतिशत र वित्त कम्पनीहरुको १०.०२ प्रतिशत रहेको छ । २०७९ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.३२ प्रतिशत कायम भएको थियो। त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० कात्तिकमा वाणिज्य बैंकहरुको ११.९६ प्रतिशत, विकास बैंकहरुको १३.७० प्रतिशत र वित्त कम्पनीहरुको १४.४८ प्रतिशत रहेको छ । २०७९ कात्तिकमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत कायम भएको थियो। 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया