Nepal Life

अपर तामाकोशीको हकप्रद शेयर बाँडफाँड सम्पन्न, नबिकेको करोड ७० लाख कित्ता बोलकबोल गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 14:20
अपर तामाकोशीको हकप्रद शेयर बाँडफाँड सम्पन्न, नबिकेको करोड ७० लाख कित्ता बोलकबोल गर्ने
Sanima Reliance

काठमाडौं । अपर तामाकोशीको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको धितोपत निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले १०० प्रतिशत हकप्रद शेयर बाँडफाँड सम्पन्न गरेको हो । कम्पनीले गएको भदौ १८ गतेदेखि असोज २२ गतेसम्म बिक्री खुला राखेको थियो । 

NIMB

कम्पनीले शेयरधनीहरु सँग १०० प्रतिशत अर्थात १० अर्ब ५९ करोडको थप पूँजी आह्वान गरेको थियो । जस मध्ये संस्थापक शेयरधनीहरु साग ५१ प्रतिशत अर्थात ५ अर्ब ४० करोड रहेको थियो । जसमा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानीकोष, राष्ट्रिय बीमा संस्था थिए । जसमा प्राधिकरणको स्वामित्व ४१ प्रतिशत रहेको छ भने नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानीकोषत तथा राष्ट्रिय बीमा संस्थाको २/२ प्रतिशत थियो । 

सर्वसाधारण समुह तर्फ भने ४९ प्रतिशत अर्थात ५ अर्ब १८ करोडका लागि आह्वान गरिएको थियो । कम्पनीको सर्वसाधारण शेयरधनीले जम्मा ३ अर्ब ४८ करोडका लागि मात्रै आवेदन दिएका छन् । जस मध्ये ६७.२० प्रतिशत मात्रै बिक्री भएको छ । संस्थापक समुह सहित कुल तर्फ भने ८३.९२ प्रतिशत बिक्री भएको कम्पनीले जनाएको छ । अव बिक्री नभएको एक करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर भने बोलकबोल मार्फत बिक्री गर्ने छ । कम्पनीले बोलकबोल मार्फत बिक्री नभएको शेयर बिक्री गरेपश्चात चुक्ता पूँजी २१ अर्ब १९ करोड पुग्नेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया