Nepal Life

नेपालको कार्बन उत्सर्जन शून्यमा झार्न ४५ अर्ब अमेरिकी डलरको हरित लगानी आवश्यक : गभर्नर अधिकारी

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 22:36
नेपालको कार्बन उत्सर्जन शून्यमा झार्न ४५ अर्ब अमेरिकी डलरको हरित लगानी आवश्यक : गभर्नर अधिकारी
Sanima Reliance

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी २०८० मंसिर २६ र २७ गते थाइल्याण्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोषले आयोजना गरेको High-level Seminar on Climate Change Issues for Governors and Financial Sectors Policy Makers विषयक सम्मेलनमा सहभागी भई मंसिर २८ गते स्वदेश फर्किएका छन् ।

NIMB

सो कार्यक्रममा एसिया प्रशान्त क्षेत्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, मौद्रिक क्षेत्रका अधिकारीहरू र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसहित १३ देशका ८० जनाको सहभागिता थियो । सम्मेलनको 'Transition Challenges and Scaling Up Climate Financing' विषयक सत्रमा वक्ताको रूपमा सम्बोधन गर्दै गभर्नर अधिकारीले जलवायु परिवर्तनबाट सिर्जित समस्याका कारण नेपालसहित विश्वका अतिकम विकसित राष्ट्रहरू प्रभावित भएको र नेपाल अति जोखिम राष्ट्रको रूपमा रहेको बताए ।

सो अवसरमा उनले जलवायु परिवर्तनबाट पर्नसक्ने जोखिम कम गर्न नेपालले अवलम्बन गरेका न्यूनीकरण, अनुकूलन र संक्रमणकालीन नीतिको कार्यान्वयनमा सहयोग गर्न र वित्तीय क्षेत्रमा पर्नसक्ने असरलाई समेत मध्यनजर गरी नेपाल राष्ट्र बैंकले जलवायु परिवर्तनसम्बन्धी नीतिगत व्यवस्था गरेको जानकारी गराए । 

गभर्नर अधिकारीले जलवायु परिवर्तनका असरबाट वित्तीय क्षेत्रलाई जोगाउन तथा न्यून कार्बन उत्सर्जनको नीतिअनुरूप नेपालका बैंक तथा वित्तीय संस्थाको लागि Guideline on Environmental and Social Risk Management (ESRM) जारी गरिएको
जानकारी दिए । उनले जलवायु परिवर्तनबाट वित्तीय क्षेत्रमा पर्ने असरको मूल्याङ्कन गर्न आवश्यक रहेको र यसको लागि मुद्रा कोषको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने नीति लिएको र उक्त नीति कार्यान्वयनको लागि कुल ४७ अर्ब अमेरिकी डलरबराबरको हरित लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनको लागि समग्र क्षमता तथा वित्तीय व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए । 

सम्मेलनको अवधिमा गभर्नर अधिकारीले श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर पी. नन्दलाल वीरसिङ्गेसँग द्विपक्षीय भेटवार्ता गरे । भेटका क्रममा उनिहरूबीच दुई केन्द्रीय बैंकबीच सुपरिवेक्षकीय सूचना आदानप्रदान गर्नेसम्बन्धी समझदारी र अन्तरदेशीय विद्युतीय भुक्तानीलगायतका विषयमा छलफल भएको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया