Nepal Life

हिमालयन रिको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, कति कित्तासम्मको लागि दिने आवेदन ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 07:18
हिमालयन रिको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, कति कित्तासम्मको लागि दिने आवेदन ?
Sanima Reliance

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको प्राथमिक शेयरमा आजसम्म मात्रै आवदेन दिन पाउनेछ । कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा माग भन्दा धेरै कित्ताका लागि आवेदन परे सँगै आजदेखि बिक्री बन्द गर्ने भएको सिडिएससी एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । 

NIMB

सिडिएससीका अनुसार हिजो साझँसम्ममा कम्पनीको प्राथमिक शेयरमा १४ लाख ६० हजार आवेदकले २ करोड ८० लाख कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गरेको हुँदा कम्पनीको शेयर २४ लाख ९० हजारले १०/१० कित्ताका दरले मात्रै प्राप्त गर्न सक्छन् । 

हालसम्मको आवेदनलाई हेर्दा कम्पनीको प्राथमिक शेयर सबैले पाउने देखिन्छ । आवेदन दिनेले पनि न्युनतम १० कित्ता र अधिकतम २० कित्ता भन्दा धेरै नपाउने देखिएको छ । यदि २४ लाख ९० हजार भन्दा धेरैले आवेदन दिएमा मात्रै सबैले नपाउने अवस्था रहन्छ तर पछिल्लो ट्रेण्डलाई हेर्दा १५/१६ लाख भन्दा धेरैको आवेदन पर्ने देखिदैन । 

कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी गरेको छ । प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशन गरेको हो ।

सो मध्ये २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गरि बाँडफाँड सम्पन्न गरिसकेको छ । 

सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको दुई करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन्। 

हाम्रो फेसबुक पेजमा लाइक र फलो गरिदिन हार्दिक अनुरोध गर्दछौ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया