नेप्सेमा सरकारको पाँचओटा विकास ऋणपत्र सूचीकृत

  • BFIS News
  • 2023 Jul Fri 05:13
नेप्सेमा सरकारको पाँचओटा विकास ऋणपत्र सूचीकृत

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल सरकारको पाँचओटा विकास ऋणपत्र सूचीकृत भएको छ ।

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिएको कुल रू. ६० अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो । 

नेप्सेमा सूचीकृत भएका विकास ऋणपत्रमा ४ वर्षे अवधिको २०८४ ‘ट’, ५ वर्षे अवधिको २०८५ ‘ज’, ५ वर्षे अवधिको २०८५ ‘झ’, ६ वर्षे अवधिको २०८६ ‘ङ’ र ६ वर्षे अवधिको २०८६ ‘च’ छन् । यी ऋणपत्रको वार्षिक ब्याजदर क्रमशः ८.९ प्रतिशत, ८.५७ प्रतिशत, ८ प्रतिशत, ६.९३ प्रतिशत र ६.३५ प्रतिशत छन् । 

गत वैशाख ८ गतेदेखि असार २२ गतेसम्म निष्कासन भएका विकास ऋणपत्रहरू नेप्सेमा सूचीकृत भएका हुन् ।  यी ऋणपत्रको भुक्तानी मिति २०८४ वैशाख ८ देखि २०८६ असार २२ गतेसम्म तोकिएका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया