Nepal Life

लगातार बढिरहेको शेयर बजारले साढे दुई वर्षदेखिको लसमा २३ प्रतिशतको रिकभर, लगानीकर्ता उत्साहित

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 15:15
लगातार बढिरहेको शेयर बजारले साढे दुई वर्षदेखिको लसमा २३ प्रतिशतको रिकभर, लगानीकर्ता उत्साहित
Sanima Reliance

काठमाडौं । लगातार बढिरहेको शेयर बजारले साढे दुई वर्षदेखिको लस रिकभर गर्न थालेको छ । आक्रामक रुपमा बढिरहेको शेयर बजारले लगानीकर्तालाई उत्साहित बनाइरहेको छ ।

NIMB

एक महिनाको अवधिमा शेयर बजार ३१२ अंक भन्दा धेरैले रिकभर भइरहेको छ । यस भन्दा अगाडीको बुलबाट शेयर बजार लगातार तल झर्दा १३७४ अंकले घटेको थियो । उक्त लसमा पछिल्लो एक महिनाको सुधारबाट २२ प्रतिशत मात्रै रिकभर भएको छ । अधिकतम विन्दु कायम भएको दिनको पोर्टफेलियो बन्न भने अझै लामो समय कुर्नु पर्नेछ ।

यस अवधिमा सबैभन्दा ठुलो नोक्सानी जलविद्युत कम्पनीका शेयरधनीले बेहोरेका छन् । तर यस पटकको बुलमा बीमा कम्पनी र होटल समुहका लगानीकर्ताले सबैभन्दा धेरै फाइदा उठाएका छन् । पछिल्लो दुई सातामा बैंकिङ इन्डेक्समा पनि राम्रो सुधार देखिएको छ । बैंकहरुको शेयर मूल्य सबैभन्दा तल्लो विन्दुमा भएकाले पनि लगानीकर्ताको आकर्षण बैंकिङमा देखिएको हो ।

यसपटकको सुधारमा लगानीकर्ताहरु संयमित देखिएका छन् । त्यसैले गर्दा बैंकिङ इन्डेक्समा लगानी धेरै भइरहेको छ । आज बुधबार नेप्से सूचक ३५.३९ अंकले बढेर २१४१.८७ अंकमा रोकिएको छ । कारोबार रकममा पनि उल्लेख्य मात्रामा बृद्धि भइरहेको छ । आज मात्रै ६ अर्ब ८२ करोड रुपैयाँको खरिद बिक्री भयो । आज सर्वाधिक धेरै बढ्ने क्रममा १५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकम हेर्ने हो भने सबैभन्दा धेरै शिवम् सिमेन्ट, सोल्टी होटल, सोनापुर मिनरल, हिमाल दोलखा हाइड्रोपावर रहेका छन् ।

किन बढ्यो शेयर बजार

पछिलो एक महिनामा शेयर बजारको बढ्नुको एक मात्रै कारण बैंकिङ तरलता र व्याजदरमा आएको गिरावट नै हो । बैंकहरुमा दिन प्रतिदिन तरलता थुप्रिदै गइरहेको छ । जसले गर्दा सिडी रेसियो घटिरहेको छ । सिडी रेसियो घट्दै जादा बैंकहरु अझै व्याजदर घटाउनु पर्ने दवावमा छन् । 

बैंकिङ प्रणालीमा चालु आर्थिक वर्षमा करि एक खर्ब १० अर्ब भन्दा धेरै कर्जा प्रभाव भइसकेको छ । तर कर्जा विस्तारको अनुपातमा निक्षेप संकलनको बृद्धिदर धेरै छ । पुस, माघ, फागुन र चैत महिना कर्जा विस्तारका लागि आक्रामक महिना मानिन्छन् । यदि यस अवधिमा बैंकिङ प्रणालीबाट धेरै कर्जा प्रवाह भयो भने व्याजदर तल झर्नेछ अन्यथा अझै बढ्ने संकेत गर्छ । एक बैंकरका अनुुसार अवको फागुनसम्म अझै घट्नेछ । त्यस पसका दिनमा भने घट्दो व्याजदरको फाइदा उठाउदै कर्जाको माग बढ्न सक्ने र व्याजदर विस्तार बढ्ने विश्लेषण गरिएको छ । यस अवधिमा शेयर बजारमा पनि राम्रै सुधार आउने अपेक्षा गरिएको छ ।

यसरी बैंकिङ प्रणालीमा पैसा राख्नु भन्दा शेयर बजारबाट राम्रो फाइदा लिने दाउमा ठुला लगानीकर्ता छन् । ठुला साना तथा संस्थागत लगानीकर्ता नै आक्रामक रुपमा कारोबार गरिरहेका छन् । यसले पनि बजार दिन दिनै बढिरहेको छ । तर बजारलाई स्थायित्व दिन एकुमुलेसन हुँदै जादा राम्रो मानिन्छ । आक्रामक सुधार पनि बजारका लागि घातक मानिन्छ । तर शेयर बजार लगानीकर्ताले सोचेजस्तो सहज छैन । यो धेरै नै निर्मम पनि छ । यसको उदाहरण पछिल्लो वियरिस बजारलाई हेरे पुग्छ । जतिवेला बजार बढोस् भन्ने अपेक्षा गर्दा पनि घटिरह्यो । अहिले बजार आक्रामक रुपमा बढ्नु हुँदैन भनिरहदा पनि लगातार बढिरहेको छ । यो नै शेयर बजारको विशेषता हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया