NIMB Header 2
Nepal Life

चन्द्रागिरी हिल्सको केबलकार सेवा अस्थायी रूपमा बन्द

National Life
  • BFIS News
  • 2025 Sep 16 12:31
चन्द्रागिरी हिल्सको केबलकार सेवा अस्थायी रूपमा बन्द
Sanima Reliance

काठमाडौं, भदौ ३१ — चन्द्रागिरी हिल्स लिमिटेडले आफ्ना केबलकार सेवाहरू अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ। मंगलबार दिउँसो करिब ४:२५ बजे एक हिंसात्मक प्रदर्शनको क्रममा कम्पनीको बटम स्टेशनमा गम्भीर क्षति पुगेपछि सेवा स्थगित गरिएको हो।

Shikhar
NIMB

कम्पनीका अनुसार, ठूलो संख्यामा प्रदर्शनकारीहरूले बटम स्टेशनको परिसरमा प्रवेश गरी मुख्य केबलकार सञ्चालन युनिट, गण्डोला पार्किङ तथा स्टोरेज युनिटहरू, लेखा तथा प्रशासन कार्यालयहरू, रेस्टुराँ, कफी शप, र टिकट काउन्टरहरूमा तोडफोड र आगजनी गरेका छन्।

यस तोडफोड र आगजनीका कारण कम्पनीको दैनिक सञ्चालन पूर्ण रूपमा अवरुद्ध भएको छ, र अब सबै व्यापारिक गतिविधि तथा नियमित सेवाहरू अर्को सूचना नआएसम्मका लागि बन्द रहने कम्पनीले जनाएको छ।

चन्द्रागिरी हिल्स लिमिटेडले यो असहज परिस्थितिप्रति जनमानसलाई सतर्क रहन अनुरोध गर्दै सेवा अवरुद्ध भएकोमा क्षमायाचना गरेको छ। घटनाको अनुसन्धान भईरहेको र दोषी पहिचान तथा आगामी दिनमा यस्ता अवरोधहरू रोक्न आवश्यक कदम चालिने सम्बन्धित निकायहरूले जनाएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया